समाचार
अलैँची खेती गर्न थाले किसान

            केही वर्ष अगाडी देखी रोगका कारण मासिएको अलैँची खेतीप्रती किसानहरुको आकर्षण वढेसँगै किसानहरु ब्यक्तिगत तथा सामुुहिक रुपमा समेत अलैँची खेती गर्न थालेका छन् । किसानहरुले अन्नबाली लगाउने बारी नै मासेर अलैँची लगाउन थालेका छन् ।


           इलाम नगरपालिका साविकको बरबोटे १ तोरीवारीका किसानहरु उद्यमशिल कृषि समूह नै गठन गरेर हाल अलैँची खेती गर्न सुरु गरेका छन् । ब्यवसायिक रुपमा अलैँची खेती गर्ने उदेश्यले समूह गठन गरेर काम थालिएको अध्यक्ष नैनकला बस्नेतले वताइन् ।
                ब्यवसायिक कृषि ब्यापार आयोजना (प्याक्ट) ले समेत उनीहरुको समूहलाई सहयोग गरेको छ । सो समूहलाई प्याक्टले ३ लाख ४७ हजार अनुदान समेत प्रदान गरेको छ भने लाभान्वित समूहले १ लाख  २४ हजार ब्यहोर्ने वताइएको छ । जम्मा ४ लाख ७१ हजारको कुल लागतमा सुरु सो परियोजनाबाट २१ परिवार समेटिएका छन् । परियोजनाले समूहलाइ एक वर्षका लागि सहयोग गरेको हो ।
सो आयोजनाका वारेमा शनिवार सार्वजनिक सुनुवाई गर्दै सो जानकारी गराइएको हो । २०७३ साल माघ महिनाबाट सुरु सो परियोजना ७४ माघमा सम्पन हुने जनाइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि विकास कार्यालय इलामका प्रतिनिधि, सञ्चारकर्मी समूहमा आवद्ध किसान लगायतको उपस्थिती रहेको थियो ।  
 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक