समाचार
धूूम्रपान रहित दिवश मनायो

                कुुनै समय सार्वजनिक स्थलमा धुुम्रपान नगर्ने र नगराउने जिल्लाका रुपमा परिचित इलाममा हाल जताततै सार्वजनिक स्थलमा धुुम्रपान गर्नेको सङ्ख्या बृद्धि भएको छ । सार्वजनिक स्थलमा समेत धुुम्रपान गर्नेहरु प्रसस्तै भेटिन थालेका छन् । प्रभावकारी रुपमा यसको अनुुगमन नहुुँदा सार्वजनिक स्थलमा समेत धुुमपान गर्नेको सङ्ख्यामा बृद्धि भएको हो ।

              

          मे ३१ तारिख बिश्व धूूम्रपान रहित दिवश हो । यो दिवश बुुधबार नेपालमा समेत विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रसासन कार्यालय इलामका सहायक प्रमुुख जिल्ला अधिकारी निरिक्षक रहेको समिति सहित जिल्ला जनस्वास्थ्य कार्यालय इलाम र स्वास्थ्य अधिकार तथा सुुर्तीजन्य वस्तुु नियन्त्रणका लागि जिल्ला सञ्जाल महिला जागरण संघको सम्युुक्त आयोजनामा ¥याली, कोणसभा तथा जनचेतनामुुलक कार्यक्रम भएको छ । स्वास्थ्य कर्मी, बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानियको सहभागितामा निकालिएको ¥यालीमा बिभिन्न प्ले कार्ड सहित इलाम चौक वजार परिक्रमा गरिएको थियो । इलामको ठुुलो टुँडिखेलबाट सुरु ¥यालीले इलाम वजार परिक्रमा गरि चौक वजारमा आएर कोण सभामा परिणत भएको थियो ।  जिल्ला प्रसासन कार्यालय इलामका सहायक प्रमुुख जिल्ला अधिकारी निरिक्षक सफल पोर्तेलले अव अनुुगमनलाई तिव्रता दिइने वताए । उनले अनुुगमन पछि कारबाहि गर्ने जनाए ।

             नियम बमोजिम नै कारबाहि हुुनेभन्दै  सवै भन्दा पहिला सचेत गराउँने र सम्झाउने अनी पनि भएन भने थप कारबाहिको लागि अघि वढ्ने उनले वताए । ऐनमा सार्वजनिक स्थलमा धुुम्रपान गरेमा सम्झाउने अनी पनि नमानेमा एकसय जरिमाना वा सार्वजनिक स्थलबाट बाहिर निकाल्ने अथवा दुुवै सजाय हने उल्लेख छ ।
त्यस्तै  जिल्ला जनस्वास्थ्य कार्यालय इलामका निरिक्षक महेश चौधरीले जिल्लामा जनचेतना मुुलक कार्यक्रम सहित प्रसार प्रचार गर्दै आइएको र यसलाई निरन्तर अगाडी वढाउने वताए । कार्यक्रममा सहभागीहरुले धूूम्रपानले अकालमा नै मानिसको ज्यान लिने भन्दै यसको सेवन नगर्न आग्रह समेत गरेका छन् ।
 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक