समाचार
इलामलाई ‘साक्षर इलाम जिल्ला’ घोषणा, ९७ दशमल ६ प्रतिशत साक्षर, अझै तीनहजार बढि निरक्षर

                 इलाम जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । यसैक्रममा इलामलाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिवद्धता सहित सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनैतिक दल, नगर प्रमुखहरु गाउँपालिकाका अध्यक्ष, बिभिन्न शिक्षक संगठनका प्रमुखका साथै सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभएको छ । नेपाल सरकारले सन् २०१५ सम्ममा सबैका लागि शिक्षामा पहुँच पुरयाउन एवं नेपालबाट निरक्षरता उन्मुलन गर्ने अभियान साक्षर नेपाल अभियान को नाममा देशभर आव ०६९÷०७० अभियान सुरु गरे पश्चात इलाममा पनि सुरु भएको थियो ।

             साक्षर अभियान अन्तर्गत इलाममा पनि आर्थिक वर्ष २०६८–०६९ देखि साक्षर अभियान सञ्चालन गरी साक्षर प्रतिशतलाई ९७ दशमलब ६ प्रतिशतभन्दा बढि पुरयाएर साक्षर जिल्ला घोषणा गरिएको हो । इलाममा आव ०६८÷०६९ मा ८३ दशमलव ७ प्रतिशत, आव ०६९÷०७० मा ९३ दशमलव ७ प्रतिशत, आव ०७०÷०७१ मा ९४ दशमलव ७ प्रतिशत साक्षर रहेको जिल्ला शिक्षा कार्यालय इलामका जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताउनुभयो ।  जिल्लामा बस्ने १५ देखि ६० वर्ष उमेर समूहको जनसङख्या मध्ये ९७ दशमलव ६ प्रतिशत साक्षर भएपछि जिल्ला साक्षर भएको घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी गौतमको भनाई छ । कार्यालयले आव ०६७÷०६८ मा जिल्लाका सबै साविकका गाविस र एउटा नगरपालिकामा जिल्लाभर बिद्यार्थी र शिक्षक परिचालन गरेर घरधुरी सर्बेक्षण गरेर निरक्षकहरुको बिवरण संकलन गरेको थियो । जुन सर्वेक्षणमा इलाममा ४० हजार ५ सय २३ जना निरक्षर रहेको तथ्याङ्क निकालेको थियो । अनौपचारिक शिक्षा केन्द्रले साक्षर बन्नका लागि १२ वटा सूचक बनाएको थियो ।

                  १२ वटा सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णहरू लेख्न र पढ्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्नसक्ने, मोवाइल र क्यालकुलेटरका चिन्ह र अक्षर प्रयोग गर्नसक्ने, शून्यदेखि नौ सम्मका अंक र अक्षर लेख्नसक्ने, एकदेखि एकसयसम्म गणना गर्नसक्ने रहेका छन् । यस्तै अन्य सूचकमा लेनदेनका हरहिसाव राख्न सक्ने, सरल चित्र, पोष्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता राख्ने, घडी हेरेर समय बताउन, भित्रेपात्रो हेरी तिथि मिति बताउन सक्ने, बैङ्क भौचर भर्न र चेक लेख्न सक्ने, आफ्नो र परिवार सदस्यको नाम, उमेर, लेख्न र पढ्नसक्ने रहेका छन् । इलामलाई साक्षर इलाम जिल्ला घोषणा गरीरहँदा अझै जिल्लामा ३ हजार ३ सय ३५ जना निरक्षर रहेको शिक्षा कार्यालयले जनाएको छ । साक्षर जिल्ला घोषणा कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र, नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी लगायतसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरी इलामलाई साक्षर जिल्ला बनाउन सकेको अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो ।

             कार्यक्रममा अनौपचारी शिक्षा केन्द्रका निर्देशक चुडामणि पौडेलले इलाम जिल्ला साक्षर जिल्ला घोषणा भएको उद्घोष गर्नुभएको थियो । अनौपचारिक शिक्षा केन्द्रबाट जिल्ला शिक्षा कार्यालय इलामलाई कदर पत्र प्रदान समेत गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति हिमालय कर्मचार्य, एमालेका अध्यक्ष राम राना, नेकपा माओबादी केन्द्रका धिरेन्द्र शर्मा, मंगोल नेशनल अर्गनाइजेशनका मणि पापो, इलामनगरपालिकाका प्रमुख महेश बस्नेत, लगायतले इलाम जिल्ला साक्षर घोषणा संगै जिल्लालाई अब पूर्ण साक्षर जिल्ला घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक