समाचार
पीएसजी र मार्सेलीको खेलमा नेइमार गम्भीर घाइते
पीएसजी र मार्सेलीबीचको खेलमा कीर्तिमानी ब्राजिलियन स्ट्राइकर नेइमार चोटग्रस्त भएका छन् ।

 

 
 
 
उनको गोलिगाँठोमा समस्या आएपछि उनलाई स्ट्रेचरमा राखेर उपचारमा लगिएको थियो । आइतबार राति पीएसजी र मार्सेलीबीच भएको खेलको अन्तिम १० मिनेटमा रहँदा नेइमार चोटग्रस्ता भएका थिए ।
 
 
 
नेइमार घाइते भएर मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटियो । यसका सब्सिच्यूड अप्सन पनि सकिसकेकाले नेइमारको स्थानमा पीएसजीले अर्को खेलाडी पठाउन पाएन ।
 
नेइमारको चोटको गहिराईबारे केही नबताइए पनि रियल मड्रिडबिरुद्धको खेलअघि नेइमार चोटग्रस्त हुनुले पीएसजीले ठूलो धक्का ब्यहोरेको छ ।
 
तर, फ्रान्सेली लिग लिडर पेरिस सेन्ट जर्मेइन पीएसजीले उपाधि यात्रा बलियो बनाउँदै ओलम्पिक मार्सेलीबिरुद्ध ३–० गोल अन्तरको जित निकालेको छ ।
 
आइतबार राति खेलको १० औं मिनेटमै घरेलु टोलीले अग्रता लिएको थियो । उसका लागि केलर एमबाप्पेले गोल गरेका थिए । २७ औं मिनेटमा मार्सेलीका डिफेण्डर जर्ज रोनाल्डोको आत्मघाती गोलमार्फत पीएसजीले अग्रता दोब्बर बनायो ।
 
दोस्रो हाफमा एडिसन काभानीले पीएफजीलाई ३–० गोलको जित सुनिश्चित गराए । उनले ५५ औं मिनेटमा नेइमारको पास सदुपयोग गरी गोल गरेका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र पीएसजी विजयी भयो । खेलको अन्तिम १० मिनेटमा पीएसजीका १० जनामात्र खेलेको थियो । 
 
जितपछि पीएसजीले शीर्ष स्थानमा स्पष्ट १४ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको मोनाकोले शनिबार बराबरी खेलेको थियो । समान २७ खेलमा पीएसजीको ७१ र मोनाकोको ५७ अंक छ । तेस्रो स्थानको मार्सेलीको ५५ अंक छ ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक