समाचार
सुनपामा प्रथम सूर्योदय मेयर कप फूटबल प्रतियोगिता हुने
फागुन १६, इलाम 
पूर्वी इलामको सूर्योदय नगरपालिकामा अन्तर नगरपालिका स्तरीय ‘प्रथम सूर्योदय मेयर कप आमन्त्रण फूटबल प्रतियोगिता २०७४’ सञ्चालन हुने भएको छ । आउँदो फागुन १९ गतेबाट चैत ३ गतेसम्म सोही नगरपालिकाको करफोक माविको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
सूर्योदय मेयर कप आमन्त्रण फूटबल प्रतियोगिता मूल आयोजक समितिले आयोजना गर्न लागेको प्रतियोगितामा मेी अञ्चललाई समेटेर इलाम, झापा, पाँचथर र ताप्लेजुङ्गका ११ वटा नगरपालिकाले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ । छिमेकी जिल्लाका नगरपालिकासंगको सम्बन्ध बिस्तारका साथै सूर्योदय नगरमा खेल पर्यटनको बिकास गर्ने उद्येश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेका आयोजक समितिका जय राईले जानकारी दिनुभयो । प्रतियोगितामा बिजेताले नगद एकलाख र उपबिजेताले नगद ७० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि मूल आयोजक समितिले आठवटा उपसमिति गठन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न आठलाख २४ हजार रुपेंयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक