समाचार
इलाममा चैत २१ देखि २७ गतेसम्म दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
फागुन १६, इलाम 
इलाममा आउँदो चैत २१ गतेदेखि २७ गतेसम्म दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो चरणमा क्षेत्रीय स्तरीय प्रतियोगिता र त्यसपश्चात जिल्ला स्तरीय प्रतियोगिता हुनेछ । क्षेत्रीय प्रतियोगिताबाट छनौट भएर आएका बिद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
क्षेत्रीय स्तरमा भलिबल, कबडिड र एथ्लेटिक्स खेल बिधाबाट खेलाडिहरु छनौट हुनेछ भने जिल्ला स्तरमा सोझै मार्सल आर्ट सम्बन्धि उसु, कराँते र तेक्वान्दो खेलका खेलाडिले प्रतिष्पर्धा गर्नेछन् । क्षेत्रीय स्तर अन्तर्गत क्षेत्र नम्बर १ मा सूर्योदय नगरपालिका स्थित करफोक माविको आयोजनामा सोहि माविको खेल मैदानमा र क्षेत्र नम्बर २ मा देउमाई नगरपालिका स्थित भानुभक्त मावि मंगलबारेको आयोजना सोहि माविको खेल मैदानमा हुनेछ । क्षेत्रीय छनौट खेल २१ गतेदेखि २३ गतेसम्म हुनेछ । जिल्ला स्तरीय प्रतियोगिता भने जिल्ला खेलकुद बिकास समितिको आयोजनामा २५ गतेबाट २७ गतेसम्म इलामनगरपालिकाको ठूलो टुडिखेलमा सञ्चालन हुनेछ । यसपटक हुने प्रतियोगितामा मावि तहमा कक्षा १२ सम्म अध्ययन गर्दै आएका तर १८ बर्ष ननाघेका बिद्यार्थीले सहभागिता जनाउन पाउने जिल्ला खेलकुद बिकास समिति इलामकि कार्यालय प्रमुख अमृता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय प्रतियोगिताबाट ६ वटा बिधामा उत्कृष्ट ८४ जना खेलाडि छनौट हुनेछन् । छनौटमा पर्ने खेलाडिले प्रदेश नम्बर १ मा प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकमा इलाम÷सूर्योदय र देउमाई नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक