समाचार
सन्दिपले क्रिस गेलसँग सीपीएल खेल्ने

सन्दिप लामिछाने आफ्नो शानदार क्रिकेट करिअर जारी राख्दै आईपीएलपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । १७ वर्षीय किशोर लेग स्पिनरलाई यसअघि इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो । बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो ।


दुई साताअघि नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज हुनु र आईपीएलमा छनोट हुनु सन्दिपका लागि सीपीएल अनुबन्धको मुख्य आधार बन्यो । सीपीएलमा सन्दिपले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलसँग ड्रेसिङ रुम शेयर गर्नेछन् । गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्समा छन् । क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने सीपीएलमा ६ फ्रेन्चाइजी टोली छन् । प्रतियोगिताको यो छैटौं संस्करण हो । अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा प्रतियोगिता आयोजना हुनेछ । सीपीएलको अक्सन भइरहँदा सन्दिप भने नेपाली राष्ट्रिय टोलीसँगै जिम्बाबेमा छन् ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक