समाचार
साहित्कार शर्मा इलाममा सम्मानित
फागुन २०, इलाम
प्रगतिशिल लेखक संघ (प्रलेस) इलाम शाखाले वरिष्ठ साहित्यकार तथा लेखक तारानाथ शर्मालाई आज इलाम सदरमुकाममा एक कार्यक्रमको बिच सम्मान गरेको छ । बिक्रम संबत १९९१ साल असार ९ गते इलामको बरबोटेमा जन्मिएका साहित्यकार शर्मा नेपाली र अंग्रेजी भाषाको ज्ञाता समेत हुन् । साहित्यकार शर्माले विक्रम संबत २०१८ सालमा प्रगतिशिल लेखक संघमा समेत कार्यरत थिए । इलाम जिल्लाबाट प्रसिद्ध मदन पुरस्कार प्राप्त गर्ने चार जना साहित्यकारहरु मध्ये शर्मा पनि एक हुन् । मदन पुरस्कार प्राप्त गर्ने अन्य इलामे साहित्यकारहरुमा महानन्द सापकोटा, जनकराज शर्मा र युवराज नयाँघरे हुन् । प्रलेस इलाम शाखाका अध्यक्ष डा.देवी क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश सभासद राम राना, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इतिहासविद युद्धप्रसाद वैद्य, भानु प्रतिमा संरक्षण तथा साहित्य समितिका अध्यक्ष बिमल वैद्य लगायत अन्य साहित्यकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक