समाचार
किसानलाई पचास प्रतिशत अनुदानमा ३३ टन मकैको बीउ बितरण
फागुन २२, इलाम
जिल्ला कृषि बिकास कार्यालय इलामले ५० प्रतिशत अनुदानमा ३३ टन मकैको बिउ बितरण गरेको छ । कार्यालयले कृषक समूह÷सहकारी र ब्यक्तिगत कृषकका लागि मकैको बीउ बितरण गरेको हो । कार्यालयका प्रमुख रामसोगारथ शाहका अनुसार कृषक समूह र सहकारीका लागि बढीमा सातदेखि आठटन र ब्यक्तिगत कृषकका लागि प्रतिब्यक्ति बढिमा १५ केजिसम्म ५० प्रतिशत अनुदानमा बितरण गरीएको छ । कार्यालयको बिषेश कृषि उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाभरका ८÷९ वटा सहकारीलाई मकैको बीउ बितरण गरेको छ । यसैगरी कार्यालयले शतप्रतिशत अनुदानमा दुईटन बितरण गरेको छ । यसरी कृषक समूह तथा सहकारीलाई बितरण गरीएको मूल बीउबाट उत्पादीत बिउलाई कार्यालयले नै खरिद गरी आगामि वर्षमा किसानलाई बितरण गर्ने र जिल्लालाई मकैको बिउ उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष राखेको प्रमुख शाहको भनाई छ । जिल्लामा उल्पादित बिउ सस्तो राम्रो साथै प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा रोपण, मलखाद व्यवस्थापन, सिँचाइ समेत हुने भएकोले बाहिरबाट आएको भन्दा विश्वासिलो हुने कार्यालयले दाबी गरेको छ ।
कार्यालयले जिल्लामा उन्नत जातको मकैको बिउको आवश्यकतालाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम अन्र्तगतबाट पनि बीउ बितरण गरेको छ । कृषि कार्यालयले मनकामना ३, देउती, अरुण २ जातका बिउ बितरण गरेको हो । कार्यालयले ५० प्रतिशत र शतप्रतिशत अनुदानमा बितरण गरेको मकैको बीउ इलामकै बिभिन्न कृषक समूहले उत्पादन गरेको र धनकुटाको पाख्रिबासबाट ल्याएको जनाएको छ । बैशाख देखी जेठसम्म मकै छर्ने सिजन भएकाले कार्यालयले समयमा नै किसानलाइ बीउ उपलब्ध गराएपछी कृषकहरु उत्साहित भएका छन । यस अघि किसानले एग्रोभेटमा बिदेशी कम्पनीले उत्पादन गरेका बीउ विजनमा परनिर्भर हुँदै आएका थिए । पहाडी हावापानी सुहाउँदो बीउ विजन नहुँदा किसानले एग्रोभेटबाट नयाँ जातको मकै लैजादा कम फल्ने, समय अघिपछी पाक्ने जस्ता समस्या भोग्दै आएका थिए । जिल्लाका अधिकाशँ क्षेत्रमा मकै खेती हुँदै आएपनी परम्परागत बीउ विजन भएका कारण कृषकले चाहेजती मकै उत्पादन गर्न सकिरहेका छैनन् । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक