समाचार
मेलमिलाप गराउन इलामको सामुदायिक प्रहरी सेवा केन्द्र अब्बल बन्दै
फागुन २२, इलाम
अदालत, प्रहरीमा मुद्धा लिएर जाँदा खर्चिलो र समय धेरै लाग्ने झन्झटबाट मुक्त हुन विपन्न वर्गका इलाम सदरमुकाममा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रमा जाने क्रम बबढ्दो क्रममा छ । निशूल्क र छोटो समयमा दुवै विवादित पक्षको जीत हुने मेलमिलाप पद्धतीका कारण विपन्न वर्ग महिला, दलित, गरिव, जनजाती तथा पिछडिएका समुदायका लागि केन्द्र वरदान सावित बन्ने गरेको छ ।
प्रहरी सामुदायिक सेवा केन्द्रका अनुसार गत बैशाख महिनाबाट हालसम्ममा बिभिन्न प्रकृतिका तीसवटा उजुरी परेका थिए । उजुरी परेको मध्ये तीनवटाको समाधान भइसकेको छ भने बाँकि समाधानको प्रकृयामा रहेको छ । केन्द्रमा सबैभन्दा बढि कुटपिट, गाली गलौज र जग्गा बिबाद, लेनदेन र जग्गा बिबाद सम्बन्धिका उजुरीहरु बढि आउने गरेको केन्द्रका अध्यक्ष सन्पिकुमार बुढाथोकीले बताउनुभयो । केन्द्रमा यस्ता सातातिना बिबादहरुको समाधान हुन थालेपछि पछिल्ला समयमा प्रहरी, अदालत, अगुवाकामा जानेहरुको क्रम घट्दै गएको हो भने केन्द्रमा आउनेको सङख्या बढ्दो क्रममा रहेको अध्यक्ष बुढाथोकिको भनाई छ । केन्द्रमा विवादित पक्षले निशूल्क रुपमा छिटो–छरितो न्याय पाउने गरेका छन् । प्रहरी चौकीमा हुने झगडीया र विवादित पक्षको भीड मेलमिलाप केन्द्रमा बढ्ने गरेको केन्द्रका उपाध्यक्ष नेत्रमणि भट्टराईको भनाई छ । सामुदायिक प्रहरी सेवा केन्द्रले जग्गा विवाद, कुटपिट, लेनदेन, गाली गलौज, साध सिमाना, कुलोकुलेसा, माना लेनदेनका विवाद मिलाउने गरेको छ । ‘केन्द्रमा प्रहरी र अदालतबाट नमिलेका विवाद यहाँ मिलेका धेरै उदाहरणहरु रहेको उपाध्यक्ष भटटराईले बताउनुभयो । समुदायिक प्रहरी सेवा केन्द्र प्रहरीको एउटा अंग हो । यहाँ आउने बिबाद प्रहरी र केन्द्रका पदाधिकारीबीच बसेर मिलाइने गरेको छ । केन्द्रले बिबाद मिलाउने मात्र काम गरेको छैन । सामाजिक कामहरु पनि गर्दै आएको छ । ट्राफिक सचेतनाका कार्यक्रमदेखि सरसफाई, रक्तदान, स्वास्थ्य शिबिर लगायतका कामहरु पनि गर्दै आएको केन्द्रका कोषाध्यक्ष आशा तामाङले बताउनुभयो । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक