समाचार
इलामको एकमात्र पन्ध्र शैयाको सामुदायिक अस्पतालको सम्पूर्ण सेवा बन्द
गणेश घिमिरे
फागुन २२, इलाम 
इलामनगरपालिकामा करीब बाह« वर्षअघि स्थापना भएको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द भएको छ । इलाम नगरपालिका वडा नम्बर ८ सिङफ्रिङ्गमा रहेको सो अस्पताल आर्थिक, दक्ष चिकित्सक र बिरामी अभावको कारण बन्द भएको हो । स्थापना भएको करीब पाँचबर्षसम्म निकै राम्रोसम्म सञ्चालन भएको सो अस्पताल बिगत एकहप्तादेखि पूर्ण रुपमा बन्द भएको हो ।
हिमालयन हेल्थ केयर काठमाडौँद्वारा सञ्चालित अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल बिगत चार÷पाँचबर्ष अघिबाटै सुनसान बन्दै गएको थियो । स्वास्थ्य सेवाको पहुुँचबाट टाढा रहेका बिरामीलाई सस्तो र भरपर्दो सेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालमा बिरामी नआएपछि त्यहाँ कार्यरत कर्मचारी घाम तापेर बस्न बाध्य थिए । २०६१ सालमा डाक्टर मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको उक्त अस्पताल ल तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको सामुदायिक अस्पतालको रुपमा स्वीकृत भएको थियो । अस्पताल स्थापनापछि २०६६ सालसम्म बहिरङ्ग, अन्तरङ्ग, साधारण ए–क्सरे, भिडियो एसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो । तर पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध नगराएपछि अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका थिए । सामुदायिक अस्पतालको अवस्था दिनदिनै नाजुक भएपछि यहाँका स्थानीय निकाय, स्थानीयवासी तथा सरोकारवालाको सहयोग नपाएको भन्दै कर्मचारीले गुनासो पोख्दै आएका थिए । अस्पताल सञ्चालनका लागि गठन भएको ब्यबस्थापन समिति पनि राजनीतिक हानथापका कारण निस्क्रिय बनेको थियो । हिमालयन हेल्थ केयर संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आएपनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको थियो । अस्पताल सञ्चालन गर्न वार्षिक रुपमा ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । संस्थाले पूर्वी पहाडी जिल्लाका जनताका लागि न्यून शुल्कमा सेवा पु¥याउनका लागि अस्पतालन सञ्चालन गरेको थियो । लामो समयदेखि अस्पताल सुनसान बनिरहेको थियो । सो समयमा अस्पतालले संस्थाको सहयोगमा जिल्लाका बिभिन्न गाउँहरुमा स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । अहिले अस्पतालमा रहेको एम्बुलेन्स पनि काम नलाग्ने गरी बिग्रिएर थन्किएको छ । अस्पतालले सम्पूर्ण सेवा बन्द गरेपछि अस्पतालको सेवा पुन सञ्चालन गर्नका लागि सरोकारवाला निकायहरुसंग समन्वय तथा पहल भइरहेको अस्पतालका प्रशासकीय अधिकृत खेमराज घिमिरेले बताउनुभयो । अस्पतालमा एकजना मेडिकल अधिकृत सहित २५ जना कर्मचारी कार्यरत थिए । तर अहिले अस्पतालले ६÷७ जना कर्मचारी मात्र राखेर अन्यलाई बिदा दिएको छ । अस्पतालले सेवा बन्द गरेपछि  अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिनहरु बेकामे बन्ने अवस्थामा पुगेको छ । सो अस्पताल इलाम सदरमुकामदेखि करिब डेढ किमी दुरीमा पर्दछ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक