समाचार
फागोलाई सहिद घोषणा
फागुन २२, इलाम 
इलामको चुलाचुली गाउँपालिका स्थित चुलाचुलीका बिर्ख फागोलाई निर्वतमान शेरबहादुर देउवा सरकारले सहिद घोषणा गरेको खवरले उनको परिवारमा खुसी छाएको छ ।
फोगोलाई देउवा सरकारको समयमा अन्तिम पटक बसेको मन्त्रिपरिषद बैठकले सहिद घोषणा गरेपछि परिवारमा खुसी छाएको हो । उनको परिवारले फागोलाई सहिद घोषणा गर्न माग गर्दै आएका थिए । २०६४ सालको निर्वाचनका बेला तत्कालिन चुलाचुली गाउँ बिकास समितिका तरुण दलका उपाध्यक्ष समेत रहेका फागोलाई तत्कालिन बिद्रोहि माआवादीले अपहरण गरी हत्या गरेको थियो । हत्या गरेको लामो समय पछि तरुण दल इलाम र केन्द्रको पहलमा सरकारले सहिद घोषणा गरेको हो । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक