समाचार
पाँचबुँदे माग राख्दै टयाक्सि व्यवसायी संघ इलामद्धारा प्रशासनमा ज्ञापन पत्र
फागुन २२, इलाम 
पूर्वेली जीप तथा टयाक्सि व्यवसायी संघ इलामले जिल्ला प्रशासन कार्यालय मार्फत पाँचबुँदे मागहरु राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । सरकारको यातायात क्षेत्रलाई ब्यबस्थित गर्न २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने नीतिले ब्यबसायि मात्र नभएर यात्रु तथा सर्वसाधारण ठूलो मर्कामा पर्ने संघले जनाएको छ ।
२० वर्षभन्दा पुराना गाडीले धुवाँ फाल्ने, बाताबरणलाई असर गर्ने, कण्डिशनमा नभएर दुर्घटना गराउने भन्ने सरकारको बुझाई गलत रहेको संघले जनाएको छ । सरकारले ल्याएको निती परिबर्तन गरी गाडीको निमार्ण अवधिलाई आधार मानेर नभई अन्य आवश्यक मापदण्डको आधारमा प्रतिबन्ध लगाउन संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । २० बर्षे पुराना गाडि भएपनि सहि कण्डिशनमा रहेका सबै गाडीलाई चल्न दिनुपर्ने, ठाउँ–ठाउँमा गाडीको प्रदूषण जाँच गर्ने मेसिन राखी फेल भएका सवारी साधन २० बर्षे मात्र नभई पाँचै बर्ष भएपनि रोक लगाउने जस्ता वैज्ञानिक नीति अवलम्बन गरीनुपर्ने संघका अध्यक्ष गृष्म सुब्बाद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख छ । मेचीका पहाडि जिल्ला इलाम, पाँचथर, ताप्लेजुङका जिल्लाका मेची राजमार्गमा परेका गाउँ र नगरपालिकाबाहेक सबै स्थानमा कच्चि सडक रहेको छ । ती सडकमा जुनसुकै किसिमका सवारी साधन जान सक्ने अवस्था बाह«ैमास छैन । उक्त क्षेत्रको यातायात व्यवस्थालाई सुचारु गर्न जीप तथा पिकअप यातायात व्यवसायी संघले २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधन मात्र भरपर्दो साधनका रूपमा सञ्चालनमा रहेको छ । यस्ता अधिकांश ठाउँमा गाडी फोर ह्विल सहितका भएकाले विकट–विकट गाउँसम्म सेवा पु¥याउन सफल भइरहेकाले सरकारले हचुवाको भरमा २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने गरी ल्याएको नीती ब्यबहारीक नहुने भएकाले तत्काल नीती परिवर्तन गर्नुपर्ने संघले ज्ञापन पत्र मार्फत माग राखेको छ ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक