समाचार
पिकअपको ठक्करबाट दुईजना घाईते
फागुन २३, इलाम 
इलामनगरपालिका ५ बिब्ल्याँटे बजार नजिकै  आज बिहान पिकअपले मोटरसाइकललाई ठक्कर दिएको छ । नेपालटारबाट इलामबजारतर्फ आउँदै गरेको मे १ ज २३८५ नम्बरको पिकअपको ठक्करबाट बिपरीत दिशातर्फ गइरहेको मे२प ८३७४ नम्बरका मोटरसाइकल चालक इलामनगरपालिका २ का १८ बर्षिय शैलेस तामाङ गम्भिर घाईते भएका छन् ।
यस्तै पिकअपले मोटरसाइकल ठक्कर दिँदा सो मोटरसाइकल उछिट्टिँदा उक्त मोटरसाइकलमा ठोक्किँदा इलामनगरपालिका ७ कि ५२ बर्षिया सरीता मुखिया पनि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाईते दुबैको इलाम अस्पतालमा उपचार संभव नभएपछि झापाको बिर्तासिटी हस्पिटल रेफर गरीएको छ । उनीहरु दुबैको सोही अस्पतालमा उपचार भइरहेको भएपनि अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि प्रहरीले पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक