समाचार
गोदक र पशुपतिनगरमा कृषिको कार्यक्रम
फागुन २३, इलाम 
इलामको इलामनगरपालिका १० को गोदक र सूर्योदय नगरपालिकाको पशुपतिनगरमा समुदाय ब्यबस्थित सिञ्चित क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला कृषि बिकास कार्यालय इलामले सो कार्यक्रम यी दुई गाउँमा गरीरहेको छ ।

स्थानीय जल उपभोक्ता समिति मार्फत ९÷९ लाख रुपैंयाँ सहित कुल १८ लाख रुपैंयाँको बजेटमा सो कार्यक्रम सञ्चालन छ । सिंचाई डिभिजन कार्यालयले मर्मत संभार गरेका सिंचाई योजनामा कृषि कार्यालयले सोहि योजनाबाट सिंचाई क्षेत्रको पहुँच र सिंचाई पुरयाएर उत्पादनमा बृद्धि गराउने उद्येश्यका साथ सो कार्यक्रम सञ्चालन गरीरहेको कार्यालयका प्रमुख रामसोगारथ शाहले बताउनु भयो । सो कार्यक्रमबाट उन्नत जातको बीउ बिजन बितरण, गोठ सुधार, टनेल निर्माण लगायतका कार्य भइरहेको छ । कृषिको ५० प्रतिशत अनुदानमा सञ्चालन भइरहेको कार्यक्रमबाट गोदक र पशुपतिनगर दुबैमा २५÷२५ जना कृषकहरु लाभान्वित हुनेछन् । 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक