समाचार
इलाम बिरुद्ध अर्जुनधारा नपाको कठिन जित
फागुन २३, इलाम 
झापाको अर्जुनधारा नगरपालिका प्रथम सुर्योदय मेयरकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।   आज भएको खेलमा अर्जुनधारा नगरपालिकाले इलाम नगरपालिका बिरुद्ध १–शुन्यको संघर्षपूर्ण जित निकालेको हो ।
अति नै प्रतिष्पर्धात्मक खेलमा अर्जुनधारा नपाको तर्फबाट खेलको ७२ औं मिनेटमा पुष्प मादेनले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । इलाम नपाले खेलमा फर्कन पटक–पटक प्रयास गरेपनि बिफल बनेको थियो । गत शनिबारबाट इलाम सूर्योदय नगरपालिका स्थित करफोक माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा मेची अञ्चलका ११ नगरपालिकाले सहभागिता जनाएको थियो । चैत ३ गते हुने प्रतियोगिताको फाइनल खेलको बिजेताले नगद एकलाख र उपबिजेताले नगद ७५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सूर्योदय नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिकाबाट एक उत्कृष्ट खेलाडि उत्पादन गर्ने र सूर्योदय नगरलाई खेल प्रर्यटनको बिकास गर्नेगरी प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक