समाचार
रेडपाण्डा जोगाउन सात बिद्यालयमा ‘वातावरण संरक्षण शिक्षा’ बिषयमा पढाइ
गणेश घिमिरे
फागुन २३, इलाम 
आउँदो शैक्षिक सत्रबाट इलामका थप चारवटा बिद्यालयमा रेडपाण्डा सम्बन्धि ‘वातावरण संरक्षण शिक्षा’ बिषयमा पढाई हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षण गर्ने मुख्य उद्येश्यका साथ यस बिषयको पढाई जिल्लाका तीनवटा बिद्यालयमा गत शैक्षिक सत्रबाट नै सुरु भइसकेको छ ।
रेडपाण्डा संरक्षणको क्षेत्रमा सन् २००७ देखि मेचीका तीन पहाडी जिल्लामा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले पुस्तक तयार पारेको हो । गत शैक्षिक सत्रबाट जमुनाको राष्ट्रिय निमावि, प्याङको प्याङ मावि र माइमझुवाको स्याम्बल माविमा ‘वातावरण संरक्षण शिक्षा’ बिषयको पढाई सुरु भइसकेको छ । अब आउँदो शैक्षिक सत्रबाट माइपोखरीको चन्द्रोदय निमावि, पुवामझुवाको बाल्मिकि निमावि, जोगमाईको ज्ञानोदय मावि र माबुको प्रबोध माविमा पढाई सञ्चालन गरीने नेटवर्क इलामका फिल्ड प्राबिधिक फिञ्जु शेर्पाले बताउनुभयो । सो बिषयको पढाई कक्षा ६ र ७ मा समावेश छ । नेटवर्कले इलामका साबिकका माबु, माइमझुवा, जमुना, माइपोखरी, प्याङ, जोगमाई, गोर्खे र पुवामझुवा गाबिसमा समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी ठाउँहरुमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा पाइन्छ । यो कार्यक्रम सुरु नहुँदा रेडपाण्डाको चोरी तस्करी अत्यधिक हुने गरेको र जंगली जनावरको आक्रमणबाट यसको अवस्था संकटमा पर्दै गएको थियो । यसैक्रममा नेटवर्कले सन् २०१८ मा रेडपाण्डा संरक्षणका लागि इलाममा मात्र ५८ लाख रुपैंयाँ बजेट छुटयाएको छ । सो बजेटबाट प्रकृति पथ प्रदर्शक तालिमदेखि लिएर जमुना, जोगमाई, गोर्खे र माबुको सामुदायिक बनहरुमा रेडपाण्डा आहारा प्रजातिको नर्सरी, निर्माण, गोर्खे र जमुनामा रहेको सामुदायिक बनको दश हेक्टरमा बृक्षारोपण लगायतका कार्यक्रमहरु राखेको बताएको छ । रेडपाण्डा नेटवर्कको तथ्याङ्क अनुसार इलाममा ३५ देखि ४० वटाको सङख्यामा रेडपाण्डा छ भने इलाम सहित चर र ताप्लेजुङ्गमा गरी दुईसयवटाको हाराहारीमा रहेको जनाएको छ । नेटवर्कले अब मेचीका तीन पहाडी जिल्ला सहित देशका सोह« जिल्लामा रेडपाण्डा संरक्षण सम्बन्धि कार्यक्रम गर्ने भएको छ । रेडपाण्डा देशका २६ जिल्लामा पाइने एक अध्ययनले देखाएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक