समाचार
इलाममा पनि नारी दिवस मनाइयो
फागुन २४, इलाम
आज १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रियल श्रमिक महिला दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

महिला दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यसैक्रममा दिवसको अवसरमा इलामका बिभिन्न स्थानमा बिििभद कार्यक्रमहरु भएको छ । इलाम  सदरमुकाममा महिला तथा बालबालिका कार्यालय र अन्तर पार्टी महिला सञ्जालको संयुक्त आयोजनामा अन्तरक्रिया, रयालि लगायतका कार्यक्रमहरु भएको छ । ठूलो टुडिखेलबाट निकालिएको रयालिले नगरको बिभिन्न भागको परिक्रमा गरेको थियो । रयालि पश्चात भएको अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सिन्धु राईको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका उपाध्यक्ष कमला बरालले महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल हुन अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकाँश बक्ताले महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहन आग्रह गरेका थिए । सोहि कार्यक्रमको अवसरमा चेतना नाट्य समूहले कचहरी नाटक मञ्चन गरेको थियो । ग्रामिण भेगमा पछिल्लो समय बित्तिय संस्थाहरुले महिलाहरुको समूह बनाएर ऋण लगानी गर्ने र किस्ताबन्दिमा मासिक रुपमा अनिबार्य ऋण असुल्ने प्राबधानबाट ऋण लिएका नागरीकले किस्ता तिर्न नसक्दा आत्महत्या समेत गर्न बाध्य भइरहेको यथार्थ चित्रणलाई नाटकको माध्यमबाट मञ्चन गरेको थियो । सो नाटक हेरीरहेका अधिकाँश दर्शकको आँखा रसाएको थियो । नाटकमा आठजना कलाकारले बिभिन्न भूमिका निभाएका थिए ।यता दिवसकै अवसरमा देउमाई नगरपालिका वडा नम्बर ३ मा महिला सञ्जालले स्थानीय नौजना जेष्ठ बृद्धाहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रम कल्पना कटुवालको अध्यक्षता तथा सोहि नपाका उपमेयर पूष्पा राईको प्रमुख आतिथ्यमा भएको थियो । दिवसकै अवसरमा इलामनगरपालिका १० गोदकमा महिला सिंहदेबी बहुउद्येश्यिय सहकारी संस्थाले अन्तरमावि बक्तृत्वकला गरेको छ । कर्णमाया तामाङको अध्यक्षता तथा वडा सदस्इ साबित्रि राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय तीनवटा बिद्यार्थीले भाग लिएका थिए । जसमा एलिना लुइटेल प्रथम पुरस्कार हात पार्न सफल भएको आयोजक संस्थाले जनाएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक