समाचार
पत्रकार कुट्ने तीनजना पक्राउ
फागुन २४, इलाम
बुधबार बेलुका इलामनगरपालिकामा दुईजना सञ्चारकर्मिमाथि साँघातिक आक्रमण भएको छ । इलाम सदरमुकाममा रहेको चियाबारी एफएममा कार्यरत प्राबिधिक प्रकाश न्यौपाने र ब्यबस्थापक कृष्ण पाठकमाथि आक्रमणका साथै उनीहरुसंग भएको नगद ४५ हजार, सुनको सिक्रि र मोबाइल समेत आक्रमणकारीले लुटेका छन् ।एफएमबाट डिउटी सकेर बेलुका घर फर्कने क्रममा उनीहरुलाई इलामनगरपालिका ९ गोलबस्थित पोखरी स्कुल छेउमा आक्रमण गरेका थिए । आक्रमण र लुटपाटपछि आक्रमणकारी फरार रहेका थिए ।
तर प्रहरीले खोजि कार्यलाई तीब्रता दिँदा घटनामा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का १९ बर्षीय रविन मगर, इलाम नगरपालिका ६ का २२ बर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ बर्षीय किशोर लिम्बु रहेका छन । उनीहरुलाई प्रहरीले इलाम नगरपालिका ९ को जंगलमा भाग्दै गर्दा पक्राउ गरेको हो । घटनामा संलग्न अझै एकजना फरार रहेकाले उसको पनि खोजिकार्य भइरहेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । पक्राउ परेका रबिन मगर यसअघि पनि कुटपिट, तोडफोड लगायतका घटनामा संलग्न भएको स्थानीयले बताएका छन् । आक्रमणबाट ब्यबस्थापक पाठक गम्भिर रहेका छन् । उनलाई इलाम अस्पतालमा उपचार संभव नभएपछि झापाको बिर्तासिटीमा रेफर गरीएको छ । घाईतेका अनुसार अफिसबाट घर फर्किरहेको समयमा रबिन मगर सहित ४÷५ जनाको समूहले पछाडीबाट एक्कासि आक्रमण गरेका थिए । आक्रमणबाट पाठकको टाउको, हात र खुट्टा सहित शरीरका बिभिन्न भागमा चोट लागेको छ । न्यौपानेको भने अवस्था सामान्य रहेको छ । सञ्चारकर्मिमाथि साँघातिक आक्रमण भएपछि सो घटनाको बिषयमा प्रहरी प्रशासन गम्भिर भएर लाग्न सञ्चारकर्मिले सुझाएका छन् । चियाबारी एफएमका स्टेशन म्यानेजर प्रेम अधिकारीले सञ्चारकर्मि आक्रमणको घट्नाले सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको बताउनुभयो । सञ्चारकर्मिद्धयमाथि भएको आक्रमणको बिभिन्न क्षेत्रबाट बिरोध भएको छ र्।  सञ्चारकर्मि माथि भएको आक्रमणको भत्र्सना गर्दै घटनामा संलग्न दोषिलाई कडा भन्दा कडा कार्वाहि गर्न नेपाल प्रेस यूनियन इलाम शाखा सचिब गणेश घिमिरेद्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तिमा उल्लेख छ । यस्तै नेपाल आदिबासि जनजाति पत्रकार महासंघ इलाम शाखा अध्यक्ष राम योङहाङद्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तिमा पनि पत्रकार आक्रमणको घटनाले स्तब्ध बनाएको भन्दै मुलुक सरकार बिहिन् अवस्थामा रहेको आभाष बनाएको उल्लेख गरीएको छ । सञ्चारकर्मि आक्रमणको घटनाप्रति नेबिसंघ क्याम्पस इकाईले पनि बिज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक