समाचार
श्रमिक संघमा राम
फागुन २४, इलाम
नेपाल चिया बगान श्रमिक संघ इलामको छैठौ जिल्ला अधिबेशन माइनगरपालिकामा सम्पन्न भएको छ । राम मगरको अध्यक्षतामा सम्पन्न अधिबेशनले पुन राम मगरकै अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अमर निरौला, मनमाया थापा, सचिबमा दमन्ता बाँस्तोला, कोषाध्यक्षमा दुर्गा कटुवाल तथा सदस्यहरुमा कला प्रधान, हरिमाया राई लगायत रहनु भएको छ । यस्तै सल्लाहकारमा हर्कमान राई, लक्ष्मि योगि, बेसनी उराउ, कमला बुढाथोकि र परिबर्तन पौडेललाई चयन गरेको छ । संघका केन्द्रिय अध्यक्ष दिपक तामाङ्गको प्रमुख आतिथ्यमा भएको अधिबेशनको उद्घाटन सत्रमा नेपालि काँग्रेस इलामका कोषाध्यक्ष बिष्णु कार्की, नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिनाथ फुयाँल, काँग्रेस माइनगर सभापति कृष्ण खाकी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक