समाचार
नामसालिङ्गमा शिबिर सुरु
फागुन २४, इलाम
इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर ३ नामसालिङ्ग स्थित नामसालिङ्ग स्वास्थ्य चौकिमा दुईदिने निशुल्क स्वास्थ्य शिबिर आजबाट सुरु भएको छ । नामसालिङ्ग सामुदायिक बिकास केन्द्र (एनसिडिसि), नामसालिङ सहयोग मञ्च काठमाडौं, माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ को संयुक्त आयोजना तथा स्थानीय सहकारी संस्थाहरुको साझेदारिमा शिबिर सुरु भएको हो ।

शिबिरलाई धुलिखेल सामुदायिक अस्पताल काभ्रेको प्राबिधिक सहयोगमा शिबिर सञ्चालित छ । शिबिरको पहिलो दिन आज ६ सय २१ जनाले बिभिन्न रोग सम्बन्धिका स्वास्थ्य सेवा लिएका छन् । शिबिरमा सामान्य चिकित्सा, स्त्रि रोग सहित दाँत, आँखा, बालरोग, हाडजोर्नी र फिजियो थेरापि सम्बन्धि स्वास्थ्य सेवा दिइँदै आएको छ । शिबिरमा बिभिन्न किसिमका रोगिलाई औषधि निशुल्क बितरण समेत गरीदै आएको नामसालिङ्ग स्वास्थ्य चौकिका प्रमुख यामप्रसाद न्यैपानेले जानकारी दिनुभयो । शिबिरमा डाक्टर अरुण नेपालको नेतृत्वमा १८ सदस्यिय स्वास्थ्यकर्मिको टोलिले सेवा दिइरहेका छन् । शिबिरको उद्घाटनको क्रममा नव निर्माण नामसालिङ्ग स्वास्थ्य चौकिको भवनको समेत उद्घाटन गरीएको थियो । वडाध्यक्ष यामप्रसाद लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य खिनु लङवाले भवनको उद्घाटन गर्नुभएको थियो । सोहि कार्यक्रमको अवसर पारेर नामसालिङ्ग सहयोग मञ्च काठमाडौंले इलामका शिक्षासेवी नामसालिङ्ग निवासि प्रेमप्रसाद निरौलालाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक