समाचार
अनुदान सहयोग गर्न चिया कृषकको माग
फागुन २६, इलाम 
इलामका चिया किसानहरुले अग्र्यानिक चिया उत्पादनमा सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् । अग्र्यानिक चियाको माग यूरोपियन मुलुकमा बढेको भएपनि माग अनुसारको उत्पादन गर्न किसानहरुले नसकिरहेकाले सरकारी सहयोगको माग गरेका हुन् ।
अग्र्यानिक चियामा परिश्रम र लगानी दुबै बढी गर्नुपर्ने भएकाले किसानहरुको एकल लगानीले उत्पादन बढाउन नसक्ने भन्दै उनीहरुले सरकारी सहयोगको मागगर्नु परेको बताएका छन् । अग्र्यानिक चिया उत्पादन गर्दा ठाउँ बढी ओगटिने तर जग्गा अनुसार उत्पादन कम हुने भएकाले पनि एकल लगानीमा अग्र्यानिक खेती गर्न नसक्ने अवस्था रहेको श्रीअन्तुका कृषक रबिन लेप्चाले गुनासो पोख्नुभयो । आफूले यस बर्ष अग्र्यानिक चिया बनाउने सोचका लागि पाँच हजारभन्दा बढी चियाको विरुवा तयार गरेको भए पनि लगानी अभावकै कारण अग्र्यानिक चिया बनाउने वा नबनाउने भन्नेमा दोधार भएको उनको भनाई छ । अन्य चियाको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा अग्र्यानिक चिया बिक्री हुने गरेकाले किसानहरु अग्र्यानिक चिया उत्पादनप्रति आकर्षित भएका थिए, तर अग्र्यानिक चिया उत्पादनका लागि आवश्यक जैविक विषादी र मलखाद अभाव हुने गरेकाले किसानहरु समस्यामा रहेका छन् । सरकारले अग्र्यानिक चिया उत्पादनमा लागेका किसानहरुलाई सहज रुपमा अनुदानमा जैविक मल र विषादी उपलब्ध गराउनु पर्ने किसानहरुको माग रहेको छ । सरकारले अग्र्यानिक चिया खेतीमा लागेका किसानलाई अनुदानमा जैविक विषादी उपलब्ध गराएमात्र लगानीको मूल्य उठाउन सकिने अहिलेको अवस्था रहेको कन्यामका किसान डम्बर कटुवालको भनाई छ । उहाँका अनुसार अग्र्यानिक चियामा सम्भावना भएपनि किसानलाई लगानी गर्न समस्या भईरहेको छ । इलामको सुलुबुङ्ग, कन्याम, अन्तु, कोल्बुङ्ग, पशुपतिनगर र साँखेजुङ्गलगयतका गाउँका किसान अग्र्यानिक चिया उत्पादनमा लागेका छन् । सरकारले अग्र्यानिक चिया खेतीका लागि किसानलाई ब्याजमा छुट दिएर ऋण प्रदान गरे ठूलो सहयोग हुने कृषकहरु बताउँछन् । रसायनिक मल र विषादीको प्रयोग नगरिएको चिया अग्र्यानिक चियाका रुपमा प्रमाणित हुन चियाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त संस्थाको स्वीकृति हुनुपर्छ । साखेजुङ्गको हिमालयन सांग्रिला टी प्रोड्य्र्स, फिक्कलको गोर्खा टी स्टेट, कन्यामको ग्रीन टीलगायतका कारखानाहरुले अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन् । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक