समाचार
बिषादीको प्रयोग घटाउनु पर्नेमा जोड
फागुन २६, इलाम 
कृषि क्षेत्रमा बढ्दै गइरहेको बिषादीको प्रयोगले मानव स्वास्थ्यमा दिनप्रतिदिन असर परीरहेको इलाम सदरमुकाममा शनिबार आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । बिशुद्ध अग्र्यानिक संसार, हाम्रो अभियान, निरोगि–हराभरा दिर्घ मानव जीवन भन्ने नाराका साथ अग्र्यानिक बस्तु सम्बन्धि अन्तरक्रियामा बक्ताहरुले बिभिन्न किसिमका रसायन तथा विषादिहरुको प्रयोगले पछिल्लो समय कृषि क्षेत्रले ठूलो नकरात्मक असर पारीरहेको बताए ।
प्रदेश सभाका सदस्य रामबहादुर मगरले औद्योगिकरणको प्रमुख आधार कृषि हो । तर उत्पादीत कृषि उपजहरुमा बिषादीको प्रयोग बढ्दै गएपछि यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परीरहेको बताउनु भयो । उहाँले कृषि क्षेत्रलाई अग्र्यानिक बनाएर अगाडि बढाउनका लागि राज्यले नै ठोस निती ल्याउनु पर्नेमा जोड दिँदै इलाम जिल्लालाई प्राङगारीकमय जिल्ला बनाउनु अबको आवश्यकता रहेको औंल्याउनु भयो । अग्र्यानिक संसार नेपालको आयोजना तथा उचित जैबिक उद्योग प्रालिको प्राबिधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा आयोजकले नेपाललाई विषादि रहित जीवन विताउने गरी मेची महाकाली अभियान सञ्चालन गरीरहेको जनाएको छ । कार्यक्रममा कृषक, बिद्यार्थी, होटल ब्यबसायि लगायतको उपस्थिती रहेको आयोजक समितिका जीवन रिमालले जानकारी दिनुभयो ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक