समाचार
फ्रान्सेली दुई साइकल यात्रीले गरे इलामबाट साईकल यात्रा
फागुन २६, इलाम 
विश्व साइकल यात्रीद्वय फ्रान्सका क्रिष्टोफ र कोरिनले शनिबार इलामबाट नेपालको साइकल यात्रा सुरु गरेका छन् । यी साइकल यात्रीलाई इलामनगरपालिका ७ मालापाथ स्थित सामुदायिक होमस्टेले यात्रा सफलताको कामना गर्दै विदाई गरेको छ । 
हङकङ, चीन, म्यानमार, लाओस, थाइल्याण्ड र भारतको साइकल यात्रापछि काकरभिट्टा हुदै इलाम आइपुगेको जोडिले नेपालको लागि इलामबाट यात्रा शुरु गरेका हुन् । उनीहरुले धरान, काठमाण्डौ उपत्यका, पोखरा र अन्नपूर्ण वेस क्याम्प घुम्ने बताएका छन् । सन् २०१८ को डिसेम्बर २५ तारिक अर्थात २०७५ सालको पुस १० गते मात्र पुन पेरिस पुग्ने योजना बनाएको यो जोडिले साइकलमा विश्वयात्रा गर्न २०७४ कात्तिक २० गते फ्रान्सको पेरिसबाट हिडेको थियो । आगामी क्रिसमस सम्ममम ५० राष्ट्र साइकलमै पुग्ने उनीहरुको लक्ष छ । काउचसर्फिङ नामको मोबाइल एप्लिकेसनमार्फत विश्वका हरेक राष्ट्रका नागरिकसँग उनीहरु जोडिन सम्भव भएको क्रिष्टोफले बताए । उनीहरु काठमाण्डौमा चर्चित विश्व साईकल यात्री पुष्कर शाहकोमा बस्नेछन् । पुष्करलाई पनि उनीहरुले काउचसर्फिङमै भेटेका थिए । आफु घुमेर बसेका परिवारका सबै सदस्यहरुलाई आगामी बर्ष फ्रान्सको पेरिसमा उनीहरुले घुम्न र निशुल्क बस्नको लागि निमन्त्रणा समेत पठाउने टोली सदस्य कोरिनले बताइन् । तीन दिनको इलाम बसाइमा उनीहरुले इलामको चियाबारी, भालुढुङ्गा, माइपोखरी र इलाम बजार भ्रमण गरेका थिए । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक