समाचार
कन्काई नपा सूर्योदय मेयर कपको सेमिफाइनलमा
फागुन २६, इलाम 
कन्काई नगरपालिका झापा प्रथम सूर्योदय मेयरकप फूटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनलमा झापाकै शिबसताक्षि नगरपालिकालाई १–शुन्यले हराउँदै कन्काईले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको २६ औं मिनेटमा जोएन थापाले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बनेको थियो । आजको खेलसंगै क्वार्टरफाइनल खेलको समिकरण पनि पूरा भएको छ । अब शोमबार हुने पहिलो सेमिफाइनलमा आयोजक सूर्योदय नगरपालिकाले बिर्तामोड नगरपालिकाको र दोस्रो सेमिफाइनलमा कन्काई नगरपालिकाले मेची नगरपालिकाको सामना गर्नेछ । गत शनिबारबाट इलाम सूर्योदय नगरपालिका स्थित करफोक माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा मेची अञ्चलका ११ नगरपालिकाले सहभागिता जनाएको थियो । चैत ३ गते हुने प्रतियोगिताको फाइनल खेलको बिजेताले नगद एकलाख र उपबिजेताले नगद ७५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक