समाचार
उपाधिका लागि आयोजक र मेचीनगरपालिका भिड्ने
चैत १, इलाम 
पूर्वी इलामको सूर्योदय नगरपालिका स्थित करफोक माविको खेल मैदानमा जारी प्रथम सूर्योदय मेयरकप फूटबल प्रतियोगितामा उपाधिका लागि आयोजक र झापाको मेचीनगरपालिका बीच प्रतिष्पर्धा हुने भएको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा मेचीनगर नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै उपाधिका लागि आयोजकसंगको भेटलाई पक्का गरेको हो ।
फाइनल खेल आउँदो चैत ३ गते अर्थात आइतबार हुनेछ । आयोजक सूर्योदय नगरपालिकाले झापाको बिर्तामोड नगरपालिकालाई ४–१ ले हराएर शोमबार नै उपाधि होडमा पुगिसकेको छ । सूर्योदय नगरपालिकाले आयोजना गरेको सो प्रतियोगितामा मेची अञ्चलका ११ नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगिताकोे बिजेताले नगद एकलाख र उपबिजेताले नगद ७५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक