समाचार
चुलोे चौकोमा सिमित बन्ने महिलाहरु ब्यबसायिक सिलाई कटाईमा आकर्षित
चैत ५, इलाम 
कुनै समय चुलो चौको मै सिमित हुने महिलाहरु पछिल्लो समय अन्य पेशा ब्यबसाय तर्फ पनि आबद्ध हुँदै गएका छन् । पछिल्लो समय महिलाहरुले पनि बिभिन्न सिप सिकेर ब्यबसायीक हुँदै गएका छन् ।
महिलाहरुले पनि सीप सिकेर आफ्नो खुट्टामा आफै उभिन सक्छन् भन्ने प्रसस्तै उदाहरण खडा गरेका छन् । महिलाहरु पछिल्लो समय सिलाई कटाईमा बढि आकर्षित हुँदै गएका छन् । सामान्य लेखपढ गर्न सक्नेले पनि सिलाई कटाई पेशा अंगाल्न सक्ने तथा थोरै लगानीमा व्यबसाय सञ्चालन गर्न सकिने भएपछि उक्त पेशा प्रति महिलाहरुको आर्कषण बढ्दै गएको हो । साथै सिलाई कटाई पसलको काम सकेर पनि घरको काम गर्न सकिने भएपछि उक्त पेशा झनै सहज बन्दै गएको छ । पछिल्लो समय सामान्य लेखपढ गर्न सक्ने मात्र नभई उच्च शिक्षा हासिल गरेकाले पनि आयआर्जनका लागि सिलाई कटाई पेशा अंगाल्दै आएका छन् । रोजगारका लागि बिदेश पलायन हुने महिलाको सङ्ख्या बढिरहेका बेला इलामका महिलाहरु भने सिलाई कटाई ब्यबसाय गरेर आत्मनिर्भर बन्दै आएका छन् । सदरमुकामदेखि जिल्लाका दशवटै तहका गाउँगाउँमा यतिबेला सिलाई कटाई ब्यबसाय गरेर महिलाहरुले मनग्ये आम्दानी लिइरहेका छन् । आईए सम्मको पढाई पुरा गरेर बिगत पाँचबर्षदेखि इलाम रोङ गाउँपालिका स्थित इरौटाँरकि बिना पौडेल सिलाई कटाई पेशा गर्दै आउनु भएको छ । आम्दानी पनि राम्रो हुने र लगानी पनि थोरै लाग्ने र काम गर्न पनि सहज हुने भएकाले उक्त पेशा अंगालेको उहाँको भनाई छ । महिलाहरु चुलो चौको मै सिमित हुन पर्छ भन्ने मान्यता हट्दै गएको बताउने पौडेलले महिलाहरुले पनि सीप सिकेर मनग्ये आम्दानी गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार सीप सिकेर काम गर्ने हो भने महिला पनि आफ्नै खुट्टामा उभिन सक्छन् । महिलाहरु पछिल्लो समय पैसा कमाउने नाममा बिदेश जाने लहर बढिरहेको छ, तर नेपालमै पनि मनग्ये आम्दानी गर्न सकिने सोहि ठाउँकि सिलाई कटाई पेशा गर्दै आउनु भएकि अर्की ब्यबसायी मनमाया राईको भनाई छ । पौडेल र राई जस्तै वर्षौंदेखि घाँस दाउरा गर्दै जीवन जीउँदै आएका इलामका अधिकाँश ग्रामिण भेगका महिला अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका हुन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाउँदै आएका उनीहरुले मासिक बचत पनि गरिरहेका हुन् । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट गाउँमै सिलाइ कटाइको तालीम लिएपछि जिल्लाका ग्रामिण भेगका धेरैजसो महिलाले सिलाई कटाई ब्यबसायलाई अँगालेका छन् । पहिले घर खर्च चलाउन श्रीमानको भर पर्नु पर्दथ्यो तर अहिले आफनो आम्दानीले घरखर्चका लागि श्रीमानसंग गुहार्नु पर्ने अवस्था नभएको सूर्योदय नगरपालिका स्थित कन्यामकि अर्कि ब्यबसायि रेखा लेप्चाको भनाई छ । उहाँ जस्तै धेरै महिलाहरु आफै केही गरेर घर खर्च टार्न सक्छौँ भन्ने आत्मबिश्वास जगाईसकेका छन् । अर्को तर्फ घरको चुलो चौकोमा मात्रै सिमित हुने पुरानो मान्यतालाई त्याग्दै नयाँ अवसरको खोजी गर्न थालेका छन् । पढेर जागिर नखाए पनि अन्य सीप सिकेर आत्मनिर्भर बन्न सकिने उदाहरण इलामका ग्रामिण भेगका महिलाहरु दिन थालेका छन् । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक