समाचार
चियाको मुना पलाउन सुरु, फुर्सदिला बनेका कृषकको बाह«घण्टे धपेडि सुरु
चैत ५, इलाम 
मंसिरदेखि बन्द रहेका इलामका चिया बगानमा मुना पलाउन सुरु भएको छ । केही महिना फुर्सदिला बनेका कृषकको १२ घण्टे धपेडी सुरु हुनै लाग्दा उनीहरूमा अन्योल पनि थपिँदै गएको छ । हरियो पत्तीको मूल्य निश्चित नुहने, बजारको समस्या हुने, श्रमिक अभाव जस्ता समस्याले हरेक वर्ष अन्योलता खेप्ने गरेको कृषकको यो पटकको अवस्था पनि उस्तै छ ।
मुलुक नयाँ संरचनामा गएको छ । हरेक क्षेत्रमा नयाँ ढंगले काम सुरु भएको छ । तर यहाँका करिव २० हजार चिया कृषकका लागि भने अहिलेसम्म ठोस उपलब्धि हुन सकेको छैन । स्थानीय सरकार गठन भएर काम थालेको ७ महिना वितिसक्दा पनि इलाममा चिया मात्र हैन समग्र कषि क्षेत्रमा नै लगानी न्यून छ । प्रदेश सरकारले पनि काम सुरु गरेको छ । यो अवस्थामा यहाँका सरोकारवालाको एउटै भनाइ छ अन्तराष्ट्रिय मुद्रा आर्जनको गतिलो स्रोत बनेको चिया क्षेत्रको समग्र विकासका लागि चिया उत्पादन हुने पूर्वी नेपालका भू–भागलाई चिया क्षेत्र घोषणा गरियोस् । पछिल्लो समय कृषक आफैं मालिक बन्ने ध्याउन्नमा छन् । स–साना र मझौला कारखानाको संख्या थपिँदो छ । तर उनीहरूलाई बजारको निश्चितता छैन । कोसेलीका रूपमा राजमार्ग आशपास र पर्यटकीय क्षेत्रमा बिक्री गरेर नै कारखाना चलाउनुपर्ने वाध्यता बोकेका उनीहरू सरकारको दरिलो उपस्थितिसहित चियाको प्रवद्र्धन होस् भन्ने चाहन्छन् । इलामसहित पाँचथर र धनकुटाको चिया गुणस्तरका हिसावले अब्बल मानिन्छ । यहाँ वार्षिक करिव ५५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । यो चियाको मुख्य बजार भारत हो । ८० प्रतिशत भारत, १० प्रतिशत समुद्रपार र १० प्रतिशत मात्र आन्तरिक खपत छ । तर गुणस्तर निर्धारणदेखि बजार निश्चिततासम्मका प्रक्रियामा सरकारी सहयोग न्यून छ । खरिद बिक्री प्रक्रियालाई सहज बनाउँदै बढी मूल्य लिने उद्देश्यले खोल्न लागेको अक्सन मार्केट पनि चर्चामा मात्र सीमित छ । प्रदेश नम्बर १ लाई नै चिया क्षेत्र घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । विश्वमा चियाको उपभोक्ताको संख्या वृद्धि भइरहेको अवस्थामा गुणस्तरीय चिया उत्पादन गर्न सके नेपाली चियाको अन्तराष्ट्रिय बजार वृद्धि गर्न सकिने केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताउनुभयो । इलाम चिया कमानवाट सुरु भएको चिया विस्तार प्रयासले पछिल्ला दशकमा गति लिए पनि कृषक ढुक्क हुने अवस्था सिर्जना भएको छैन । वार्षिक अढाई अर्बको हाराहारीमा विदेशी मुद्रा आर्जन गर्ने नेपाली चियालाई प्रवद्र्धन गर्न ठोस कार्यक्रम नहुँदा सरोकारवाला सवै चिन्तित छन् । देशभर २८ हजार हेक्टरमा चिया खेती छ । खेती बिस्तार बढिरहँदा एक सय दस वटा चिया सहकारी संस्थाहरू स्थापित भइसकेका छन् । अर्थोडक्स चिया उत्पादन गर्ने सानाठूला करिव डेढ सय कारखाना पुगेका छन् । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक