समाचार
खरायो खेदाउने क्रममा भीरबाट लडेर बालकको ज्यान गयो
चैत ५, इलाम 
खेतबारीमा लगाएका अन्नबाली खरायोले खाएर दुख दिइरहेको बेला खरायो धपाउन बारीमा गएका एक बालकको भीरबाट लडेर ज्यान गएको छ । इलामको रोङ् गाउँपालिका वडा नम्बर ४ कोल्बुङ स्थित कालीटारका १४ बर्षिय रञ्जन तामाङ्को ज्यान गएको हो ।
आइतबार बेलुका खेतबारीमा लगाएको बालीनाली खरायोले खान थालेपछि घरबाट दौडदैं  खरायो धपाउन गएका तामाङ घर नजिकैको भिरबाट खुट्टा चिप्लिएर लड्न पुगेका थिए । भिरबाट लडेका उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत तामाङको बार्षिक परिक्षा आइतबारबाटै सुरु भएको थियो । उनी कक्षा ८ को बार्षिक परिक्षा लेख्दै आएका थिए । असमायिक रुपमा बिद्यार्थीको निधन भएपछि बिद्यालयका शिक्षक–तथा बिद्यार्थी स्तब्ध भएका छन् । परिवार सोकाकुल छ भने छरछिमेकि, उनका सहपाठि स्तब्ध बनेका छन् । यता बालकको ज्यान अकालमा गएर गाउँलेहरु दुखित छ भने अर्कोतिर सो खेतबारीमा लगाएको बालीनाली खरायोले खाएर सखाप पार्न थालेपछि चिन्तित बनिरहेका छन् । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक