समाचार
गाउँपालिकाद्धारा नेता खनालसंग बिकासको माग
चैत ५, इलाम 
इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको विकासका लागि स्थानीयबासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग गरेका छन् । सन्दकपूर गाउँपालिका वडा नम्बर २ मा रहेको सन्दकपूर पर्यटकिय क्षेत्रमा वर्षका एक लाख पर्यटक पुग्ने गरेपनि विकासका पूर्वाधार नभएको भन्दै पूर्व प्रधानमन्त्री खनाललाई स्थानीयले ज्ञापन पत्र बुझाएका हुन् ।
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा १२ महिना गाडि गुड्ने सडक, खानेपानी, विद्युत र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गरेका हुन् । नेपाल भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपउन्मुख बन्यजन्तु, जडिबुटी र ६० हिमश्रङ्गखलाको दृश्यावलोकनका लागि हजारौ पर्यटकको आवागमन भएपनि पर्यटन पूर्वाधारको विकासको पर्खाइमा स्थानीयबासी रहेका छन्  । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक