समाचार
इलामका एकसय जना कर्मचारीले रोजे स्वेच्छिक अवकासको बाटो
गणेश घिमिरे
चैत ५, इलाम 
स्थानीय तहमा समायोजन हुन तयार नभएका तथा ५० बर्ष उमेर पुगेका इलामका बिभिन्न कार्यालयबाट एकसयजना निजामती कर्मचारलिे स्वेच्छिक अवकास लिएका छन् । स्वेच्छिक अवकास लिने बिकल्प सरकारले खुल्ला गरेपछि गत फागुन १३ गतेसम्म सम्वन्धित कार्यालयका कर्मचारलिे निबेदन बुझाएका थिए ।
कर्मचारीबाट आएको निबेदन फागुन २० गते भित्रै जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । सोही बमोजिम जिल्लाभरबाट एकसयजना कर्मचारीले स्वेछिक अवकासको बाटो रोजेका हुन् । स्वेच्छिक अवकासको बाटो रोज्ने कर्मचारीको नाम प्रशासनले सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकास इकाईमा पेश गरीसकेको जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा केशर महतले बताउनुभयो । कर्मचारी समायोजन ऐन ०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका सरकारी कर्मचारीहरुले निवेदन दिएको महतको भनाई छ । प्रशासनका अनुसार जिल्लाका २७ वटा कार्यालयका एकसयजना कर्मचारीले स्वेच्छिक अवकासको बाटो रोजेका हुन् । जसमा सबैभन्दा बढी जिल्ला जनस्वास्थ्य कार्यालयका २० जना कर्मचारी रहेका छन् । अधिकृत तहदेखि कार्यालय सहयोगी सम्मले स्वेच्छिक अवकास रोज्नेमा जिल्ला बन कार्यालयबाट १३ जना, जिल्ला कृषि बिकास कार्यालयबाट पाँचजना, पूर्वाञ्चल सडक डिभिजन कार्यालयका ८ जना, इलाम अस्पतालबाट एकजना, नापि कार्यालय, उच्च अदालत इलाम इजलास कार्यालयबाट एक÷एकजना सहित अन्य बिभिन्न कार्यालयबाट जम्मा एकसयजनाले स्वेच्छिक अवकास रोजेका हुन् । स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् । त्यसपछि पनि प्रचलित काननुन अनुसार उनीहरुले निवृत्तभरण पाउनेछन् । सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम पनि पाउनेछन् । स्वेच्छिक अवकाश हुँदा प्राप्त गर्ने निवृत्तभरण र अन्य सुविधामा एकमुष्ठ एक प्रतिशत सामाजिक सुरक्षा कर लाग्नेछ ।
 
 
 
 
 
 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक