समाचार
सरकारले हचुवाको भरमा निती ल्यायो ः यातायात ब्यबसायि
चैत १३, इलाम
सरकारले बीसबर्षे पुरानो गाडि चलाउन गत चैत १ गतेबाट प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर इलामका ग्रामिण भेगमा चल्ने सवारी साधन मात्र नभएर त्यस भेगका बासिन्दालाई प्रत्यक्ष असर परेको छ । बिशेष गरेर जिल्लाका उत्तरी क्षेत्रमा अधिकाँश बीसबर्षे पुराना गाडिहरु सञ्चालनमा थिए ।
तर अहिले सरकारले प्रतिबन्ध लगाएपछि उक्त क्षेत्रबाट चल्ने दर्जनौ सवारी साधन बन्द भइरहेको हुँदा प्रत्यक्ष मारका त्यस भेगका गाउँबासि परेका छन् । दैनिक उपभोग्य सामाग्रीहरु पनि ढुवानीमा पनि समस्या भइरहेको छ । यस्ता गाडिहरु बेलायत, यूरोप, न्यूजिल्याण्डमा प्रसस्त मात्रामा सञ्चालन भइरहेको अवस्थामा सरकारले देशको भौगोलिक अवस्थालाई ध्यानै नदिई बीसबर्षे पूराना गाडि प्रतिबन्ध लगाउने निर्णय हचुवाको भरमा लगाएको भन्दै नेपाल यातायात मजदुर संघ इलामले जनाएको छ । संघले प्रेस बिज्ञप्ति जारी गर्दै आम नागरीकलाई असर पर्नेगरी लगाईएको निर्णय सच्याउन माग गर्दै त्यस्ता गाडिहरु सञ्चालनमा ल्याउन माग गरेको छ । बाह्रैमास चल्ने ल्याण्डरोभर गाडिजस्ता पूराना बीसबर्षे पुरानो गाडिको कण्डिसन सहि छ भने त्यस्ता गाडिमा प्रतिबन्ध नलगाउन सरकारसंग संघले माग गरेको छ । ती सवारी साधन ठप्प हुँदा त्यहाँ कार्यरत ब्यबसायि मात्र नभएर सयौं मजदुरहरु अलपत्र परेको संघले जनाएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक