समाचार
महिला हिँसा बढेकोप्रति महिला जागरणको संघको चिन्ता
चैत १३, इलाम
पछिल्लो केहि समययता देशमा महिला हिँसा बढ्दै गइरहेको प्रति महिला जागरण संघ इलामको गम्भिर ध्यानकर्षण भएको छ । बालिका तथा महिलामाथि दिनहुँजसो बलात्कारका घट्ना, बोक्सिको आरोपमा कुटपिट, गाउँ निकाला लगायतका घटनाले संघ स्तब्ध भएको संघले आज जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
संघकि अध्यक्ष बिष्णु दाहाल लिम्बूद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा यस्ता घटनाको घोर भत्र्सना र निद्या गर्दै संघले पिडितलाई क्षतीपूर्ती र पिडकलाई कडा कार्वाहिको माग गरीएको छ । बलात्कार जस्तो गम्भिर अपराध घट्नुको सट्टा बढ्दो क्रममा रहेको हुँदा यस्ता घटना नदिन सम्बन्धित निकाय गम्भिर भएर लाग्न बिज्ञप्ति मार्फत आग्रह गरीएको छ । सरकारी निकाय तथा सामाजिक संस्थाले लैङ्गिक हिँसा नियन्त्रणमा अथक प्रयास गरेपनि यस्ता घटना घट्नुको साटो बढ्दो क्रममा रहेकाले यस बिषयमा सबै पक्ष गम्भिर भएर लाग्नु अबको आवश्यकता रहेको बताइएको छ । पहुँचवालाको रगरग, कानुनको फितलोपन र राज्यको दण्डहीनताका कारणले नै बालिका तथा महिलाहरु हिंसाको शिकार बन्नुपरेको  बिज्ञप्तिमा उल्लेख गरीएको छ । जसले गर्दा ऐन नै संशोधन गरेर यस्ता अपराधमा सम्लग्नलाई हदैसम्मको कारवाही हुने गरि कानुन पास गरी त्यसको कार्यान्वयन गर्न सम्बन्धित निकायमा बिज्ञप्ति मार्फत माग गरीएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक