समाचार
दुईजना सेना मृत फेला
चैत १३, इलाम
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत दुई नेपाली सेनाको ज्यान गएको छ । उनीहरु राति पृतनामा रहेको पोखरीमा अचेत अवस्थामा फेला परेका थिए ।
उनीहरुलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको सैनिक प्रवत्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका बारेमा अध्ययन भइरहेकाले कसरी उनीहरुको निधन भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन । पृतनामा रहेको पोखरीमा उनीहरु किन गए र कसरी ज्यान गयो भनेर पूर्वी पृतना इटहरीले अहिलेसम्म केही खुलाएको छैन । ज्यान जानेमा दोलखबहादुर चन्द र भरत विक रहेको  बताइए पनि पूर्वी पृतनाले भने अहिलेसम्म नाम खुलाएको छैन । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक