समाचार
सुनपामा तामाङ घेदुङ
चैत १३, इलाम
नेपाल तामाङ घेदुङ संघ इलाम सूर्योदय नगर कमिटिको भेला सम्पन्न भएको छ । स्थानीय पुर्नसंरचना भएको प्रथम भेलाले ११ सदस्यिय नगर कार्य समिति गठन गरेको छ ।
देवकुमार मोक्तानको अध्यक्षता तथा घेदुङका राष्ट्रिय कार्यकारिणि सदस्य छिकिन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हिमानसिंह तामाङको अध्यक्षतामा नयाँ नगर कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिहर तामाङ, सचिबमा कर्णसिंह तामाङ, सहसचिबमा एलिना तामाङ र कोषाध्यक्षमा सुनीता तामाङ रहनुभएको छ । यस्तै सदस्यहरुमा महेन्द्र तामाङ, मनबहादुर तामाङ, पासाङ तामाङ, अरुणा तामाङ, सुरेन्द्र तामाङ र निमाल्हमु तामाङलाई चयन गरेको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक