समाचार
माइभ्याली गोल्डकपको तयारी तिब्र
गणेश घिमिरे, चैत १३, इलाम
आउँदो बैशाख ६ देखि १७ गतेसम्म इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको चौथो संस्करण हुने भएको छ । पूर्वी पहाडकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता सम्पन्न गर्न आयोजकले तयारीलाई तीब्रता दिएको छ ।
माइभ्याली फूटबल क्लब र जिल्ला फूटबल संघ इलामको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालका चर्चित ए डिभिजन फूटबल क्लब र सहित भारत र बंगलादेशका नाम चलेका फूटबल क्लब सहित बाह«वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । क्लबका अध्यक्ष धिरेन चेम्जोङले नेपालका तीनवटा बिभागीय टिमहरु (नेपाल आर्मि, नेपाल पुलिस र एपिएफ क्लब) सहित मनाङ मरस्याङदी, थ्रीस्टार र संकटा फूटबल क्लबले प्रतिष्पर्धा गर्नेछ । यस्तै झापा ११, कास्कि ११ र आयोजक माइभ्याली फूटबल क्लबले पनि प्रतिष्पर्धा गर्ने भएको छ । प्रतियोगितामा बिदेशि पाहुना टिमहरु भारत कोलकत्ताको दुर्गास्टिल एफसि, सिक्कम युनाइटेड र बंगलादेशको ए–एच–एम कामारुजमान क्लबले पनि सहभागिता जनाउने निश्चित भइसकेको छ । गोल्डकपमा आयोजकले पुरस्कार राशिमा हरेक बर्ष बृद्धि गर्दै आएको छ । तेस्रो संस्करणमा बिजेताले चारलाख र उपबिजेताले दुईलाख ५० हजार रुपैंयाँ पुरस्कार पाएकोमा यो संस्करणमा एकलाख रुपैंयाँ बृद्धि गर्दै बिजेताले पाँचलाख र उपबिजेताले तीनलाख रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा हरेक बिधामा उत्कृष्ट हुने खेलाडिलाई पनि नगद पुरस्कार दिइनेछ भने प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाईकल प्राप्त गर्ने अध्यक्ष चेम्जोङले बताउनुभयो । उहाँका अनुसार यो संस्करणबाट इलामनगरपालिकाले हरेक बर्ष प्रथम पुरस्कार उपलब्ध गराउने समेत भएको छ । प्रतियोगिताको तयारीका क्रममा बिभिन्न नौवटा उपसमितिहरु बनाएर काम भइरहेको छ । खेल मैदानको ग्रेडिङ गर्ने, तीनहजार क्षमताको दर्शकलाई बस्न बाँसको प्याराफिट निर्माण गर्ने, खेल मैदानको चौरीमा पानी लगाउने जस्ता कामहरु अन्तिम चरणमा रहेको आयोजक समितिका सचिब दिनेश काफ्लेले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा अपाङगता भएका, जेष्ठ नागरीकले निशुल्क फूटबलको मज्जा लिन पाउने छन् भने बिद्यार्थीका लागि भने एउटा टिकमा दुईजनाले हर्न सक्ने ब्यबस्था आयोजकले मिलाएको छ ।
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक