समाचार
नगरपालिकाको निर्णय बिरुद्ध महिला संघको आपत्ति
चैत १३, इलाम
इलाम नगरपालिकाले जनसंख्या वृद्धि गर्न ल्याएको योजना विवादास्पद बन्दै गएको छ । नगरपालिकाले ‘जति बढी बच्चा जन्मायो उति नै प्रोत्साहन रकम पाउने’ निर्णयको बिभिन्न क्षेत्रबाट बिरोध भइरहेको छ । आगामी २० बर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न यस्तो योजना बनाइएको नगरपालिकाले जनाउँदै आएको छ ।
तर उक्त निर्णयको नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ इलामले चर्को बिरोध जनाएको छ । संघकि अध्यक्ष निर्मला सञ्जेलले इलामनगरपालिकाका बिवेकहिन जनप्रतिनिधिले गरेको बच्चा जन्माउनु भत्ताद्धारा प्रोत्साहन गरेर नगरको जनसङ्ख्या बृद्धि गर्ने निर्णय आपत्तिजनक र निन्दनिय रहेको बताउनुभयो । उहाँले नगरपालिकाले उक्त निर्णय तत्काल सातदिनभित्र नसच्याए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । नगरपालिकाले पोषण भत्तालाई परिमार्जनको नाममा बिकृत बनाएर समाजको आधाभन्दा बढी हिस्सा ओगटेको महिलालाई इलामनगरपालिको अपमानित गरेको संघले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ । महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा हेर्ने इलामनगरपालिकाको असभ्य र बिकृत दृष्टिकोणहरु सच्याउन संघले आग्रह गरेको छ । नगरपालिकाको बिवेकहिन निर्णयले सम्पूर्ण इलामबासिको शिर निहुरीएको महिला संघले बिज्ञप्ति मार्फत जनाएको छ । नगरपालिकाका मेयर महेश बस्नेतले इलामको जनसंख्यालाई सन्तुलित गर्ने हो भने पुनर्मूल्यांकन गर्नुपर्ने भएकाले यो निर्णय गरेको उल्लेख गर्नुभयो । स्थानीय तहपछि सेवा सुविधा विकेन्द्रित गरिँदा सदरमुकामको चाम घटदो छ । आवश्यकताभन्दा धेरै जनसंख्या घटेकाले पनि यो निर्णय सही भएको नगरपालिकाको भनाइ छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा जनसंख्या नियन्त्रणका लागि विभिन्न उपाय गरिरहँदा आएको यस्तो निर्णयले चर्चा पाएको छ । यसअघि इलाम नगरपालिकाले सुत्केरीलाई दिँदै आएको पोषण सुविधालाई परिमार्जन गर्दै बच्चा जन्माउन प्रोत्साहन गरेको हो । इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले नगरभित्रका पहिलो बच्चा जन्माउने सुत्केरीलाई एकहजार, दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई २ हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई ३ हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई ४ हजार र पाँचौं पटक र त्यसभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण सुविधा दिने निर्णय गरेको छ ।
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक