समाचार
दानाबारीमा आँखा शिबिर
चैत १५, इलाम 
इलामको माइनगरपालिका २ स्थित दानाबारीमा एकदिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
रेडक्रस उपशाखा दानाबारी र साहारा नेपालको संयुक्त आयोजना तथा मेची आँखा अस्पताल झापाको प्राबिधिक सहयोगमा भएको शिबिरमा ३ सय ७० जनाले आँखाको परिक्षण गराएका थिए । त्यसमा २२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको उपशाखाका सचिब हरिप्रसाद गुरागाइँले जानकारी दिनुभयो ।
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक