समाचार
उद्यमशिलता तालिम सम्पन्न
चैत १५, इलाम 
इलाम नगरपालिकामा १० दिने उद्यमशिलता तालिम आज सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको तालिममा इलाम नगरपालिका क्षेत्रमा रहेका ३० जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।
घरेलु तथा साना उद्योग विकास समितिका शाखा अधिकृत रुल बहादूर आलेको अध्यक्षता तथा इलामनगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा तालिम समापन भएको थियो । तालिमले आफूहरुलाई धेरै कुरा सिकाएकोले अब गाउँ घरमा तालिममा सिकेको कुरालाई कार्यन्वयनमा ल्याउने तालिमका सहभागिले बताए । उद्योग स्थापना, कच्चापदार्थको पहिचान, उद्योग दर्ता लगायतका बिषयमा सीप प्रदान गरिएको तालिमलाई देबेन्द्र सुवेदी र साधना नुगोले सहजिकरण गर्नुभएको थियो । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक