समाचार
एनसेल टावरमा आगो लगाउने दुईजना पक्राउ
चैत १५, इलाम 
एनसेल टावरमा आगजनी गराएको आशंकामा आज जिल्ला प्रहरी कार्यालय इलामले दुई जनालाई पक्राउ गरेको छ । इलाम नगरपालिका–१ साखेजुङमा रहेको टावरमा आगजनी गराएको आशङकामा विशाल राई र बिमल राईलाई प्रहरीले पक्राउ गरेको हो । टावरमा आज बिहान करिव ३ वजे आगजनी भएको थियो ।
आगजनी पछि खोजतलास गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्माचार्यले जानकारी दिनुभयो । पक्राउ पर्ने दुवैजना सोहि ठाउँका स्थानिय समेत रहेको वताइएको छ । पक्राउ पर्ने विशाल किराँत मुक्ती मोर्चा इलामका अध्यक्ष समेत भएको प्रहरीको भनाई छ । बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेका बिशाललाई गत मंसिर २१ गतेको प्रतिनिधी तथा प्रदेशसभाको चुनावमा समेत प्रहरीले पक्राउ गरेको थियो । आगलागि गराएको आशङकामा पक्राउ परेका दुवै जनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आगलागीबाट जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको छ । क्षतिको यकिन बिबरण आउन बाँकि छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक