समाचार
माइभ्याली गोल्डकपको उद्घाटन खेलमा आयोजक र कास्कि भिड्ने
चैत १६, इलाम 
आउँदो बैशाख ६ देखि १७ गतेसम्म इलामको ठूलो टुडिखेलमा हुने चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरीएको छ । पूर्वी पहाडकै धेरै धनराशि पुरस्कार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली फूटबल क्लबले कास्कि ११ को सामना गर्ने भएको छ ।
नेपालका ए डिभिजन क्लब सहित भारतको २ र बंगलादेशको १ टिम गरी बाह«वटा टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछ । आयोजक माइभ्यालि फूटबल क्लब र जिल्ला फूटबल संघले गरेको खेल तालिका सार्वजनिक अनुसार बैशाख ७ गते बंगलादेशको कावारन प्रगति एफसि र बिभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । बैशाख ८ गते संकटा क्लब र भारतको सिक्किम युनाइटेड, बैशाख ९ गते भारतक कोलकत्ताको दुर्गा स्टिल एफसि र बिभागिय टिम नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै बैशाख १० गते माइभ्यालि र कास्किबीचको बिजेताले नेपालमा फूटबलको ब्राण्ड मानिएको मनाङ मरस्याङदि क्लबको सामना गर्नेछ । यसैगरी बैशाख ११ गते मोफसलको फूटबलमा तहल्का मच्चाउँदै आएको झापा ११ ले काराबान र एपिएफको बीजेतासंग खेलाद बैशाख १२ गते संकटा र सिक्किम युनाइटेडको बिजेताले बिभागिय टिम त्रिभुवन आर्मिको सामना गर्नेछ । यस्तै बैशाख १३ गते दुर्गापुर स्टिल र पुलिसको बिजेताले थ्रीस्टार क्लबसंग भिड्नेछ । खेल तालिका अनुसार बैशाख १४ गते मनाङ, कास्कि र आयोजक मध्ये एकटिमले संकटा, सिक्किम र आर्मि मध्येको बिजेतासंग पहिलो खेमिफाइनल खेल्दा दोस्रो सेमिफाइनलमा बैशाख १५ गते कावरान, एपिएफ र झापामध्ये एकटिमले दूर्गापुर स्टिल, पुलिस र थ्रिस्टार मध्ये एकटिमसंग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले पाँचलाख र उपबिजेताले तीनलाख रुपैंयाँ पाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्ने आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताउनुभयो । उहाँका अनुसार प्रत्येक दिनको उत्कृष्ट खेलाडि नगद दशहजार रुपेंयाँ पुरस्कार प्रदान गरीनेछ । प्रतियोगितामा बिभिन्न बिधाका उत्कृष्ट खेलाडिलाई पनि आयोजकले पुरस्कृत गर्ने बताइएको छ ।  
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक