समाचार
सिङफ्रिङमा अग्नि पुराण सुरु
चैत १६, इलाम 
बहुधार्मिक संग्राहालय स्थापना तथा धार्मिक पर्यटकिय नगरी बनाउने उद्येश्यका साथ इलाम नगरपालिका ६ स्थित सिङफ्रिङ स्थित श्री सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा आजबाट सप्ताहब्यापी अग्नी पुराण महायज्ञ सुरु भएको छ । अठार पुराण अन्तर्गत पन्ध्रौ पुराणको रुपमा सुरु भएको पुराणको उद्घाटनपूर्व जातिय सांस्कृतिक झाँकि सहित इलामबजारबाट कलस यात्रा निकालिएको थियो ।
श्री अठार पूराण मूल आयोजक समितिका अध्यक्ष सिन्दपकुमार बुढाथोकिको अध्यक्षता तथा दिलबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको पुराणको उद्घाटनमा धनराज खत्री, श्रीबहादुर शिबा, दलबहादुर योञ्जन लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  सिंह सिद्धदेवी तथा देवी पाञ्चायन व्यवस्थापन समिति इलामले प्रत्येक बर्ष विभिन्न पूराण लगाउदै आएकोमा यस पुराण सो क्षेत्रमा आयोजना गरिएको पन्ध्रौं पूराण रहेको बताइएको छ । नेपालमा धार्मिक संग्राहालय त छन्, तर बहुधार्मिक संग्राहालय नभएकोले त्यसैको स्थापनाका लागि पुराणको आयोजना गरिएको अध्यक्ष बुढाथोकिले बताउनुभयो । संग्राहालय निर्माणका लागि गत बर्ष नै दुर्गा, मनोज र दिपेन्द्र बुढाथोकीले जग्गा दान दिइसकेका छन् । संग्राहालयमा हिन्दु, बौद्ध, किराँत, इसाई, जैन, मुस्लिम लगायत सनातन सम्पूर्ण धर्मका पुस्तकहरु, बाजागाजा, पहिरनहरु, लगायत धार्मिक बस्तुहरु राखिने योजना गरिएको छ । पुराणमा पण्डितद्धय बिष्णुप्रसाद भटटराई र कृष्णप्रसाद घिमिरेले कथा बाचन गर्न सुरु गर्नुभएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक