समाचार
सवा तीन करोड रुपैंयाँ संकलन
चैत १६, इलाम 
एसियाली बिकास बैंक (एडिबी) को आर्थिक सहयोगमा इलामनगरमा निर्माण हुने साना शहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि उपभोक्ताबाट आर्थिक संकलन कार्य अन्तिम चरणमा पुगेको छ । उपभोक्ताबाट पाँच प्रतिशत अर्थात प्रतिघरधुरी पन्ध्रहजार रुपैंयाँका दरले जम्मा चारकरोड २७ लाख १५ हजार तीनसय ८१ रुपैंयाँ संकलन गर्नुपर्दछ । सो रकम आयोजना सम्झौता गर्नुपूर्व नै संकलन गरीसक्नुपर्ने भएकाले आयोजना उपभोक्ता समितिले अर्थ सकंकलनलाई तिब्रता दिएको हो ।
सो आयोजना निर्माणका लागि गठित इलाम बजार तेस्रो साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाका आर्थिक संकलनको काम भइरहेको बताउँदै अनुसार हालसम्म तीनकरोड १५ लाख रुपैंयाँ भन्दा बढि संकलन भइसकेको बताउनुभयो । नगरपालिकाका वडा इकाईमा आयोजनाको उपसमितिहरु गठन गरीएको छ । त्यही समिति मार्फत उपभोक्ताबाट आर्थिक संकलन गर्ने काम भइरहेको छ । इलाम नगरमा खानेपानीको चरम अभाव झेलिरहेका नगरबासिले आयोजना सञ्चालन भएपछि खानेपानीको उचित प्रयोग गर्न पाइने भन्दै उपभोक्तालाई रकम बुझाउन अग्रसर बनिरहेका छन् । रकम संकलन गर्नुपर्ने म्याद अब चारदिनमात्र बाँकि रहेको छ । उपभोक्ताबाट उठ्नुपर्ने पाँच प्रतिशत रकम चाँडो उठेको खण्डमा योजना सम्झौता पनि चाँडै भएर काम सुरु हुने समितिले जनाएको छ । ८५ करोड रुपैंयाँको लागतमा निर्माण हुने योजना सञ्चालन गर्न उपभोक्ताबाट पाँच प्रतिशत सहित बाकिँ रकम एडिबी मार्फत नेपाल सरकारले ७० प्रतिशत र नगर बिकास कोषबाट २५ प्रतिशत ऋण सहयोगबाट सञ्चालन हुनेछ । योजना सम्झौता भएको दुइबर्ष भित्रमा निर्माण सक्ने समितिले जनाएको छ । योजना सञ्चालन गर्न सम्भाब्यता अध्ययन र सर्भेको काम शहरी खानेपानी तथा सरसफाई आयोजना ब्यबस्थापन कार्यालयको परामर्शदाता इन्टिग्रेटेड कन्सल्टेन्स प्रालि (आइकन) र टेक कन्सल्ट प्रालिले यसअघि नै गरीसकेको छ । इलामनगरमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा (राते, गिताङ र भाँडी) खोलाको मुहानबाट पानी आपूर्ती गरीनेछ । ती मुहानहरुबाट पानी आपूर्ती गर्न उपभोक्ता समितिले मुहानबासिसंग तीनबुँदे सहमति बिगतमा नै गरीसकेको छ । नगरमा खानेपानी आपूर्तीको जिम्मा इलामनगरपालिकाले लिँदै आएको छ । तर प्रतिसेकेण्ड ३२ लिटर पानीको आवश्यकता रहेको नगरमा हाल प्रतिसेकेण्ड साडे सात लिटर मात्र पानी आपूर्ती हुँदै आएको छ । अब यो आयोजना बनेपछि नगरमा माग बमोजिमकै पानी आपूर्ती हुने उपभोक्ता समितिले दाबि गर्दै आएको छ । 
 
 
 
 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक