समाचार
टुडिखेलमा स्थायी प्याराफिट नहुँदा दर्शकलाई सकस, चारबर्षमा पैंतालिस लाख सकियो
गणेश घिमिरे
बैशाख २, इलाम 
इलाम जिल्लाकै एकमात्र ठूलो खेलमैदानको रुपमा रहेको सदरमुकामको ठूलो टुडिखेलमा दर्शक बस्नका लागि सुबिधायुक्त स्थायि प्याराफिट नहुँदा दर्शकले सास्ति खेप्दै आएका छन् । जिल्लामा बिगत तीनवर्षदेखि ठूलो प्रतियोगिताको रुपमा हुँदै आएको अन्तराष्ट्रिय माइभ्यालि गोल्डकप फूटबल प्रतियोगितामा दर्शकको उपस्थिती बाक्लो हुन्छ । तर उनीहरु सहज ढंगले बसेर खेलको मनोरञ्जन लिनबाट बञ्चित भइरहेका छन् । यसको प्रमुख कारण भनेकै सुबिधायुक्त स्थायी प्याराफिट नहुनु हो ।
माइभ्यालि गोल्डकप आयोजना गर्ने माइभ्यालि फूटबल क्लब र जिल्ला फूटबल संघले दर्शकलाई बसेर खेल हेराउनका लागि अस्थायि रुपमै भएपनि बर्षेनि लाखौं रुपैंयाँ खर्चेर बाँसको प्याराफिट बनाउँदै आएको छ । अस्थायि रुपमा बनाइने बाँसको प्याराफिटको लागत बर्षेनि बढ्दै गइरहेको छ । गतबर्षको तेस्रो संस्करणमा आयोजकले करिब आठलाख रुपैंयाँ खर्चेर बाँसको प्याराफिट बनायो । तर यो बर्ष लागत बढेर प्याराफिट निर्माणमा पन्ध्रलाखको हाराहारीमा खर्च पुग्ने स्थिती देखिएको आयोजक माईभ्यालि फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ्गले बताउनुभयो । दर्शक बस्ने स्थायी प्याराफिट नहुँदा यसरी हरेक बर्ष अस्थायि प्याराफिट निर्माणमा लाखौं रुपैंयाँ खर्च भइरहेको छ । हरेक बर्ष लागत बढ्दै जान थालेको र गएको तीनबर्षमा बाँसको प्याराफिट निर्माणमै ३० लाख रुपैंयाँ खर्च भइसकेको छ । यो बर्ष मात्रै पन्ध्रलाखको हाराहारीमा खर्च हुने देखिएको छ । जसले गर्दा चारबर्षको अवधिमा बाँसको अस्थायि प्याराफिट निर्माणमा मात्रै ४०÷४५ लाख रुपैंयाँ खर्च हुने निश्चित भएको आयोजकले जनाएको छ । गतबर्ष एकसय १० रुपैंयाँ प्रतिघनाको दरले २ हजार घना बाँस खरिद गरेकोमा यो बर्ष प्रतिघना एकसय २० रुपैंयाँ दरले दुईहजार घना नै बाँस खरीद गरेर प्याराफिट निर्माण गरेको क्लबका सचिब दिनेश काफ्लेले बताए । प्याराफिट निर्माण गर्न लाखौं रुपैंयाँ खर्चेर बाँस किनेपनि प्रतियोगिता सकिएपछि त्यो बाँस कामै नलाग्ने अवस्थामा पुग्छ । त्यो बाँस बिक्रि गर्दा ३० हजार रुपैंयाँ पनि नउठ्ने गरेको आयोजकको भनाई छ । अहिले पाँचहजार दर्शक अट्ने क्षमताको बाँसको अस्थायि प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिता हुँदा दर्शकले अस्थायि बाँसको प्याराफिटमा बसेर भएपनि दुख सुख खेलको मनोरञ्जन लिने गर्छन । तर अन्य समयमा हुने प्रतियोगितामा भने मैदानको वरिपरि उभिएर, डिलमा बसेर खेल हेर्न बाध्य छन् । प्रतियोगिताको चौथो संस्करण आउँदो बैशाख ६ देखि १७ गतेसम्म हुनेछ । प्रतियोगितामा आयोजक र नेपालका ए डिभिजन फूटबल क्लब सहित भारत र बंगलादेशका बाह«वटा टिमले प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको बिजेताले नगद पाँचलाख र उपविजेताले नगद तीनलाख रुपैंयाँ प्राप्त गर्नेछ । 
 
 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक