समाचार
चुलाचुली गाउँपालिका कार्यलयमा भवनमा बम बिस्फोट
बैशाख २, इलाम 
झापासँग सिमाना जोडिएको दक्षिणी इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति प्रेसर कुकर बम विस्फोट भएको छ ।
बम विस्फोटमा गाउँपालिका भवन सँगै सभा हलमा क्षति पुगेको छ । संघीय प्रहरि इकाइ कार्यालय मेचीका प्रहरि बरिष्ठ उपरिक्षक ( एस एस पी )  पीताम्बर अधिकारीले शनिबार बेलुका आठ बजेतिर विस्फोटको आवाज आएको जानकारी पाएपछि सुरक्षाकर्मी पठाइएको बताउनुभयो । विस्फोटमा मानवीय क्षति भएको छैन । नेकपा माओबादी विप्लव समूह लगायतका केहि संगठनले तीन महिने गतिविधि संचालन गरिरहेका कारण उनीहरुले विस्फोट गराएको हुनसक्ने उहाँले जानकारी दिनुभयो । विस्फोटमा संलग्नको प्रहरीले खोजी जारी राखेको छ । गाउँपालिकाद्धारा नवनिर्मित सभा हल र नयाँ संरचनामा क्षति पुगेको बताइएको छ । विस्फोटको जिम्मेवारी हाल सम्म कसैले लिएको छैन । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक