समाचार
९२ प्रतिशतले गरे हात्तीपाईले औषधिको सेवन
बैशाख २, इलाम 
सन् २०१८ सम्ममा नेपालवाट हात्तीपाइले रोग उन्मुलन गर्ने उद्देश्यले अभियानका रुपमा बर्षेनि हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउन सरकारले अभियान नै चालिरहेको छ । यसैक्रममा इलाममा पनि गत फागुन १२, १३ र १४ सञ्चालन गरीएको हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियानमा राम्रो प्रगती भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले औषधि खुवाउने अभियानमा जिल्लामा ९० प्रतिशतलाई खुवाउने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढि ९२ प्रतिशतले औषधि सेवन गरेको तथ्याङ्क निकालेको छ । कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालका अनुसार इलाममा सबैभन्दा बढी पूर्वी इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा १ सय २ प्रतिशतले औषधि सेवन गरेका छन् । इलामनगरपालिका स्थित वडा नम्बर ३ पुवामझुवामा भने सबैभन्दा कम ८१ प्रतिशतले मात्र हात्तिपाईले रोग बिरुद्धको औषधि सेवन गरेका छन् । यसरी हेर्दा जिल्लामा सरदर सबै गाउँहरुमा ९० प्रतिशतको हाराहारीमा हात्तिपाईले रोग बिरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको सन २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य पुरा गर्न नेपालमा केही बर्षदेखि हात्तीपाइले रोग बिरुद्धको औषधि अभियानको रुपमा ख्वाइँदै आईएको छ । सुपरभाइजर बरालका अनुसार इलाममा यो बर्ष गतबर्षभन्दा औषधि खाने ३ देखि ४ प्रतिशतले बृद्धि भएको उल्लेख गर्नुभयो । इलाम जिल्ला हात्तिपाइले रोगको जोखिममा भने नरहेको बताइएको छ ।
 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक