समाचार
दोस्रो दिन पनि इलाम महोत्सव जारी
बैशाख २, इलाम 
इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् । 
इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार गोष्ठि सम्पन्न भएका छन् । यसैक्रममा अहिले साँझ गौतम बुद्ध सभागृहमा कुवेर राईको एकल साँगीतिक साँझ सुरु भएको छ । महोत्सवको हिजो भब्य एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । यता महोत्सवमा महोत्सवमा अटो मावाइलका स्टलका साथै इलाममा उत्पादन भएका बिभिन्न कृषि उपजहरुको स्टलहरु राखिएको छ । आयोजकका अनुसार महोत्सवको अन्तिम दिन भोलि जिल्ला क्रिकेट संघ इलाम र भारत दार्जिलिङ्ग क्रिकेट संघबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमहरु रहने बताइएको छ । सुगौली सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक