समाचार
धरान उप महानगरपालिका र इनपा बीच भगिनी सम्बन्ध बिस्तार
बैशाख २, इलाम 
इलाम नगरपालिका र धरान उपमहानगरपालिका विच भगिनी सम्बन्ध विस्तार भएको छ । इलाम नगरपालिकामा प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाबीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्झौता कायम भएको घोषणा गरिएको छ । भगिनी सम्वन्ध दुई स्थानीय तहबीचको मितेरी सम्बन्ध हो । यो सम्बन्ध १० वर्षसम्म कायम राखिने सम्झौता पत्रमा उल्लेख छ ।
धरान उपमहानगरपालिका पहाडको काखमा रहेको र इलाम नगरपालिका पहाडकै रानी उपनामले परिचित छ । पर्यटकीय दृष्टिले सुन्दर अनी सफा नगरपालिकाका रुपमा दुई नगरपालिकालाई लिइने गरिन्छ । साथै विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरका रुपमा समेत यि नगरपालिकालाई लिइन्छ । सम्झौतापत्रको छायाँप्रति आ–आफ्नो जिल्ला समन्वय समिति, प्रदेश सरकार अन्तरगतका सम्बद्ध मन्त्रालय, सङ्घीय सरकार अन्तरगत सम्बद्ध मन्त्रालय र नेपाल नगरपालिका संघमा समेत पठाउने सहमति भएको छ । 
 
 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक