समाचार
विशाल नेपाल
           जीवन शर्मा - वर्तमान नेपालको  सन् २ डिसेम्बर १८१५ देखि–४ मार्च १८१६ को सुगौली सन्धि पछि, अंगे्रजले तात्कालिन नेपाल देशका लागि भनेर छोडेको मध्ये पनि झन च्यापिएको साँघुरिएको–पातलिँदै गएका छ । वर्तमान नेपाल विश्व मानचित्रमा २४ डिग्रीको कोण बनाई अवस्थित छ । जसको क्षेत्रफल वर्तमानमा १ लाख ४७ हजार १८१ वर्ग कि.मी रहेको छ । नेपाली भू–भागको कूल क्षेत्रफल सन् १८१६ को सुगौली सन्धि गर्दा ताका सम्म ३ लाख ६८ हजार वर्ग कि.मी. थियो । यसरी सुगौली सन्धि गरेर नेपालले वाधयतावश आफ्नो २ लाख २० हजार ८ सय १९ वर्ग कि.मी. भू–भाग बेलायती सरकारलाई सुम्पनु प¥यो । यसै क्रममा नेपालको सिमानाको लम्बाइ पनि छोटो भएर १०८० कि.मी मात्र बाँकी रहेको छ । सन् १८१६ का तीन महिना अवधिकोे सुगौली सन्धिताका बृटिश सरकारले नेपाललाई बाध्यतामा पारी, डर–धाक–धम्की दिई, कागजी सुगौली सन्धि अनुसारको कारवाही मार्फत आफ्नो अधीनमा लिएको होे । यसरी सन् १८१६ मा नेपालले बाध्यतावश आफ्नो २,२०,८१९ (१,२२, ६६६) वर्ग कि.मी. भू–भाग गुमाउनु प¥यो । त्यस मध्ये तात्कालिन विशाल नेपालको पश्चिमोत्तर भू–भाग (देहरादून देखि सतलज, व्यास र रावी नदी पश्चिम सम्मको भू–भागहरु) नालापानी–काँगडाको नेपाल–अंग्रेज युद्धमा नेपालले बहादुरीकासाथ लडदा लडदै हारेको हो भने; हालको महाकाली नदीको मूहान स्थल कालापानी–लिम्पियाधुरा–लिपुलेक–टिङकर नदी–मल्लोकावा तिरका उत्तरी भू–भागीय–पट्टी (३७२.३७ वर्ग किलोमिटर) नवनिर्मित मुलुक हिन्दुस्तान र चीन बीचको सन् १९६०–६२ ताका युद्ध मद्दतगार क्षेत्रमा परिणत हुन पुग्यो । र, भारतीय फौजले त्यसै समय देखि छाउनी–बङ्कर जमाएर बसेको बसे कै छ । राजा महेन्द्रको पालामा शुरु भएको त्यो समस्या हाल सम्म उस्तै छ । यस तथ्यलाई चिनियाँ पक्ष (वि.सं. २०५६ भाद्र १८गते चिनियाँ राजदूत जेङ्गजु ओङ्क) ले पनि स्वीकारेको हो । यसै गरी उत्तरी–पूर्वी सिक्किम–कालिङ्गपोङ्गका हिमाली पहाडी क्षेत्र हुँदै, भूटानलाई छोडी, हालका आसाम–मेघालयका केही भू–भागहरु लगायत हालको पश्चिमी बंगाल (हिन्दुस्तान) का केही तराई भू–भागहरु समेत नेपालले त्यतिकै गुमाउनु परेका केही नेपाली भू–भागहरु हुन् ।
सन् १९४७ मा पूर्वी पाकिस्तान बन्दा, बनाउँदा; त्यस क्षेत्रका मुसलमानी शासकले आफ्नो नयाँ मुलुक भित्र उक्त नेपाली भू–भागलाई गाभे । त्यति बेला केही पाकिस्तानीहरुले दार्जिलिङ्ग–कालिङ्गपोङ्गसम्म पूर्वी पाकिस्तानको झण्डा फहराउन पुगेका थिए । तर त्यस अतिक्रमणलाई पूर्वी नेपालका वीर गोर्खाली जनताले डम्वर सिहं गुरुङ्गको नेतृत्वमा प्रतिकार र प्रतिरोध गरेर पूर्वी पाकिस्तान (हालको बंगलादेश) लाई पछि हट्न बाध्य पारे । त्यस बेला हाल स्वतन्त्र मुलुक भारतले पनि आफ्नो सैन्यशक्तिको बलले एकै चोटी पूर्वी पाकिस्तानी सेनालाई पछि हट्न र नेपाली–गोरखाली राष्ट्रभक्त (२५ हजारको संख्यामा रहेका) लडाकू जनतालाई घँुडा टेकाउन बाध्य पा¥यो । हाल त्योे नेपाली भू–भाग दिनाजपुर र रङ्गपुर जिल्ला बंगलादेशमा परेको छ ।
हालको नेपालको दक्षिण–पूर्वी भू–भाग देखि, भारतको बिहार प्रान्तमा पर्ने कोशी र गण्डकी नदी देखि उत्तर–पूर्वी भू–भागहरु पनि नेपालकै रहेकै थियो । तर पछि अंग्रेजी सरकार र भारतले क्रमशः नेपाली तराई–गंगाको मैदानको तिरहुत ईलाका हडप्दै गयो । नारायणी–गण्डकी नदीदेखि भारतको पटनाको उत्तरतर्फको गंगाको दोभान हुँदै, कुच–विहार क्षेत्र (कोचिला प्रदेश) नेपालकै थियो । यसै गरी नेपालबाट बगेको राप्ती नदी देखि उत्तर– पूर्व तर्फको भू–भाग (गोरखपुर देखि नारायणी नदीको उत्तरपूर्वी चम्पारन–रामनगरको सम्पूर्ण ईलाका) का सारा क्षेत्रहरु नेपाल कै रहेकोमा; कालान्तरमा बेलायती सरकार  र त्यसपछि स्वतन्त्र दक्षिणी ठूलो छिमेकी मुलुक हिन्दुस्तानले षड्यन्त्र–छलकपट गरी, अतिक्रमण गर्दै, आफूमा गाभ्यो र नेपाललाई दुव्ल्याउँदै, सानो र कमजोर पार्दै लग्यो । जो आजका दिनसम्म पनि भारतका तर्फबाट जारी छ । एंव रीतले सन् १८१६ देखि बेलायती सरकारले र पछि सन् १९४७ मा स्वतन्त्र देश भारतले, हाम्रो छिमेकी मुलुक भएर पनि, ठूलो देशको हैसियतले दादागिरी देखाउँदै, नेपालका पवित्र भू–भागहरु माथि अतिक्रमण र हस्तक्षेपहरु गर्दै, आफूमा विलय गरायो । 
नेपालका भू–भागहरु फिर्ता लिने प्रयत्न र आधारहरुः–
यी भू–भागहरु मध्य,े सुगौली सन्धि गरेको ९ महिना पछि, सन् १८१६ डि. ८ मा कोशी देखि राप्ती सम्मका तराई भु–भागहरु पुनः नेपालले फिर्ता पायो । तर सन् १९४७ मा बनेको नयाँ छिमेकी ठूलो मुलुक हिन्दुस्तानले हाम्रा जग्गाहरु क्रमशः अलि–अलि गर्दै जवर्जस्ती गाभियो । सन् १८०४ ताका हालको भारतको विहारको चम्पारन जिल्लामा पर्ने ५१ वटा गाउँहरु भएको रामनगर ईलाका, तात्कालिन नेपाली राजा रण बहादुर शाहले आफ्नी छोरीको विहेमा तिनलाई दाइजो दिएकोमा, पछि सन् १८४० अप्रिल १२ तारिकका दिन, नेपालको मुख्तियार रण जङ्ग पाण्डेका पालामा; राजा रण बहादुर शाहका छोरीज्वाई लगायतका सन्तानहरु  मरिसकेकाले, नेपाली सेना नायक जसवीर राना मगरको नेतृत्वको ४० जनाको टोलीले, उक्त भू–भाग अंग्रेज सरकारको हातबाट फर्काउन सैनिक हस्तक्षेप गरी कब्जा गरेकोमा; पछि बेलायती कम्पनी सरकारले नेपाल सरकारलाई डर–धाक–धम्की दिई, ७ महिना पछि फेरि नेपाली हकबाट खोस्यो । परिणाम स्वरुप जसवीर रानामगर र उनको टोलीलाई दण्ड–सजाय दिईयो भने, मुख्तियार रण जङ्ग पाण्डेले प्रधानमन्त्रीको पद त्याग गर्नु प¥यो । स्मरणीय के छ भने सन् १८६० नोभेम्वरमा जङ्ग बहादुर राणाले तात्कालिन ब्रिटिश सरकार कम्पनी सरकारलाई खुशी पार्दै, अनुनय विनय गरे पश्चात, नेपालको हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरुले ओगटेका भू–भागहरु फिर्ता पाएको थियो; जसलाई “नयाँ मुलुक” भनिएको थियो । त्यसताका उक्त भू–भागहरु नेपाललाई फिर्ता गर्ने क्रममा ब्रिटिश  कम्पनी सरकारले महाकाली नदी (शारदा नदी)  देखि राप्ती नदी बगेको भू–भाग सम्मका पूर्व–उत्तर तर्फका तराईको ठूलो भू–भाग नेपाललाई फर्काएको थियो । अर्थात महाकाली, कर्णाली र राप्ती नदीहरुसंग जोडिएका पूर्वोत्तर भू–भागहरु अर्थात हालको दाङ्ग–देउखुरी सम्मका अझ बढी (फैजावाद, बहराइच, कोइलाबास, लखनउ डिभिजन र गोरखपुरका केही भू–भागहरु आदी) भूमिहरु । नेपालले बाध्यतावश गुमाउनु परेका नेपाली पूण्य भूमिहरुलाई पुनः फिर्ता लिन विशेषतः श्री ३ प्रधानमन्त्री जङ्ग बहादुर राणाले आफ्नो पालामा र सन् १९१९, १९२१, र १९२३ मा चन्द्र शमशेरले अंगे्रज सरकार सित निकै नै दलाली गर्दै, खुशी पार्ने काम गर्दा–गर्दै पनि; अंग्रेज शक्तिशाली कम्पनी सरकारले ती दुुवैका अनुनय–विनयहरुलाई स्वीकारेन; बरु नेपालको जमीनको बदलामा उनीहरुलाई यश–मान–पदवीहरुले अलंकृत तुल्याउँदै, प्रति वर्ष ने.रु. १०÷२० लाखका दरले धन–धान्यले उकास्ने काम गरेका थिए । तापनि जङ्ग बहादुर राणाले केही भू–भाग सन् १८६० नोभेम्वरमा पुरस्कार स्वरुप फर्काउन सफल भएकै हुन् । इतिहासमा जानकारी अनुसार बहादुर शमशेर, विजय शमशेर र मृगेन्द्र शमशेरले पहिलो विश्वयुद्ध पछि नेपाली भू–भागहरु नेपाललाई फिर्ता दिन अंग्रेज कम्पनी सरकारसँग अनुरोधहरु गरेकोमा अंग्रेज शासकले नटेरेको कथन पाईन्छ । सन् १९४६ जुन ८ तारिखका दिन बेलायतले विजयी परेड (दोस्रो विश्वयुद्धमा जितेको खुशियालीमा विजयी उत्सव –ख्ष्अतयचथ mबचअज– मनाउँदाको अवसरमा “बेलायतले कब्जा गरेका अन्य मुलुकका भूमिहरु ती नै मुलुकहरुलाई फिर्ता गरिनेछन् ” भनी घोषणा गरेको थियो । यसै घोषणाको आधारमा नेपालका ती भू–भागहरु जो वेलायतले सन् १८१६मा सुगौली सन्धि मार्पmत लिएको थियो, स्वतः नेपालले फिर्ता पाउने हक राख्दछ । तात्कालिन नेपालका श्री ३ प्रधानमन्त्री जङ्ग बहादुर राणाले उनकै पालामा गाड्न लगाएका सीमा स्तम्भहरु समेतलाई पछिका अंग्रेजी–भारतीय कम्पनी सरकारले मिच्दै, उखेल्दै ल्याउने क्रममा, सन् १९४७ पछि स्वतन्त्र भारतले झन् भन्दा झन् मिच्दै ल्याई, हालको दुव्लो–पातलो नेपाल बनाई दिईरहेको छ । नयाँ देश हिन्दुस्तानको तर्फबाट नेपाली भू–भाग मिच्ने क्रम हाल सम्म जारी रहेको छ । नयाँ बनेको स्वतन्त्र देश हिन्दुस्तानले नेपाललाई पूर्व, पश्चिम र दक्षिणबाट गरी, थाहा भए अनुसार ८५ ठाउँहरुमा अतिक्रमण गरी, नेपालमाथि भौगोलिक हस्तक्षेप गरेको छ । सन् १९५० जुलाई ३१ (२००७ श्रावण १५) मा नेपाल–भारत बीच र सन् १९५० अक्टोवर ३०(२००७ कात्तिक १४) मा नेपाल–बेलायत बीच दुई ओटा बेग्ला–बेग्लै सन्धिहरु भएका थिए । जसको आठौं नम्बर बुँदाले “नेपाल सरकार” र “ब्रिटिश–भारत कम्पनी सरकार” बीच भएका सबै सन्धि–पत्र, स्वीकृत–पत्र र कबुलियतनामाहरु खारिज गरिन्छ ।” भनी लिखितम निर्णय गरेको छ । जसको सिधा र सरल अर्थ हो, बेलायती  कम्पनी सरकारसँग सुगौली सन्धिमा भएका सबै व्यवस्थाहरु सन् १९५० का सन्धिहरुले रद्द गरेका छन् । अनि यस व्यवस्थाले निर्दिष्ट गरे बमोजिम अंग्रेजहरुले कब्जा गरेका नेपाली भू–भागहरु पनि स्वतः नेपाल कै हुने भयो र त्यहाँ नेपालले आफ्नो शासन–प्रशासन चलाउन पाउने भयो । यसैगरी सन् १९४६–५० ताकासम्म दार्जिलिङ्गको नेपाली नेता डम्बर सिंह गुरुङ्गको नेतृत्वमा (सन १९४७ मा स्वतन्त्र भएको र बनेको नयाँ मुलुक भारत) मा भूमिगत रुपमा प्रवासी नेपालीहरु मिलेर “स्वतन्त्र प्रजातान्त्रिक सरकार, नेपाल” को गठन गरी, उक्त सरकारले, सन् १८१६ ताकाका सुगौली सन्धि गर्नु भन्दा अघि देखि गोर्खाली–नेपालीहरु रहे, बसेका भू–भागहरुमा शासनसत्ता संचालन गर्ने प्रयास थालेका थिए । उक्त “नेपाली प्रवासी सरकार” ले अन्तर्राष्ट्रिय मान्यता पाउन र क्रियान्वयन गर्नका खातिर, त्यस सरकारको तर्फबाट डम्वरसिंह गुरुङ्गको हस्ताक्षर सहितको निवेदन तथा प्रस्ताव–पत्रहरु तात्कालिन संयुक्त राष्ट्रसंघ र त्यसका निकाय–अङ्गप्रत्यङ्गहरु, भारतीय दिल्ली नेहरुको नेतृत्वको सरकार, बेलायती सरकार, नेपाली राणा सरकार लगायत नेपाली राष्ट्रिय कांग्रेस (नेपाली कांग्रेस) लाई समेत पत्राचार गरी, प्रस्ताव सहित अपील गरेको थियो । त्यसको लगत्तै डम्वर सिंह गुरुङको नेतृत्वको “अखिल भारतीय गोर्खा लीग”(खुल्ला मोर्चा)  र “नेपाली राणा सरकार” का वीच १ डिसेम्बर १९४६ मा सिंहदरबारमा वार्ता भई; पाँच बुँदे सहमतिका लागि छलफल समेत भई, उक्त सहमतिलाई व्यवहारमा कृयान्वयन गर्न स्वागत योग्य भएता पनि त्यतिखेर आफ्नै आन्तरिक कारणहरुले थोरै सम्भावना भएको बताएर पुनः एकीकरण सहित विशाल नेपाल बनाउने क्रममा, पछि गएर राजनैतिक रुपले प्रतिरोधात्मक एवं प्रतिकारात्मक गतिविधि र भारतीय सरकारको सैनिक हस्तक्षेपद्वारा डम्वर सिंह गुरुङ्गको नेपाल भक्त समूह र गतिविधिहरुलाई नियन्त्रण र निस्तेज गर्दै, सखाप पारिएको थियो, भने राणा सरकार मुकदर्शक भई बस्यो । नेपाल तथा नेपालीभक्त वीर डम्वरसिंह गुरुङ्गको “स्वतन्त्र प्रजातान्त्रिक सरकार, नेपाल” र “नेपाली राणा सरकार” बीच गर्ने भनिएका सम्झौतानुसार दुवै सरकारको एकीकरण गर्दै, बलजप्mती–षडयन्त्रपूर्ण ढङ्गले टुत्र्mयाईएको विशाल नेपालका भू–भागहरुको “पूनः एकीकरण” गर्दै, सुगौली सन्धि भन्दा अघिको “पवित्र, सुन्दर, शान्त, विशाल नेपाल” को पुनर्निर्माण गर्ने लक्ष्य राखिएको थियो । उक्त सम्झौता वार्तामा नेपाली राणा सरकारका तर्फबाट नेतृत्व गर्ने बहादुर शमशेर राणा थिए । नेपाली भूमिहरु पुनः नेपालले फिर्ता लिने प्रयत्नहरु यदाकदा नभएका होईनन्; तर ती प्रयासहरु विभिन्न कारणहरुले सफल हुन सकेनन् । जसको मूख्य जिम्मेवारी तात्कालिन नेपाली सरकारहरुको तुच्छ निजी स्वार्थहरु, विदेशीको दलाली गर्ने अराष्ट्रिय प्रवृत्ति, परनिर्भरता, राष्ट्रभक्तीय दृढ भावना र दूरदृष्टि नहुनु, निरीहता, निष्क्रियता, गैरजिम्मेवारीपन र उदासिनता नै हुन् । स्मरण रहोस्, डम्वर सिंह गुरुङले २५ हजारको संख्या भएको “स्वतन्त्र प्रजातान्त्रिक सरकार,नेपाल” को सैन्य फौजको निर्माण गर्दै, अघि बढ्ने प्रयास समेत गरेका थिए । 
  यसै गरि सन् १९६० मा संयुक्त राष्ट्र संघले प्रस्ताव नं. १५१४ पारित गर्दै “सबैखालका उपनिवेशहरुको अन्त्य” को घोषणा गरेपछि ; यसैका आधारमा सन् १९४७ अगष्ट १५ ताका र पछि हुदै नभएका मुलुकहरु दुई वटा पाकिस्तानहरु र भारत भन्ने देशहरु जन्मन र जन्माउन सक्छन् भने 
बृटिश–भारतको उपनिवेशको रुपमा रहेका नेपाली भू–भागहरु स्वतन्त्र भई, पुनः स्वतन्त्र सार्वभौम नेपाल देशको भू–भागमा एकीकृत हुनुपर्ने थियो र हो । बेलायती शासनसत्तासँग नेपालको भएको सन्धिको सन्दर्भमा  संयुक्त अधिराज्यको शासनसत्ता नै यस क्षेत्रमा नरहेको अवस्थामा उक्त सुगौली सन्धि स्वतः रद्द हुन्छ भन्ने अन्तर्राष्ट्रिय कानूनको मान्यता अनुसार वेलायतीहरु नेपाली इलाकाहरुबाट हटेर गएपछि, निश्चय नै उक्त सन्धि अस्तित्वमा रहेको छैन । अनि नेपाली भूमिहरु स्वतः र अनिवार्य नेपाल कै हुनुपर्ने हो ।  तर दुःखको कुरा के भयो भने, त्यसपछिका कुनै पनि नेपाली सरकारहरुले ती नेपाली भू–भागहरुमा आफ्नो सुरक्षा–प्रशासनिक निकाय– एकाई पठाई, आफूले आफ्नै ढंङ्गले शासन व्यवस्था चलाएन । अतः राणा सरकार मात्र होइन, विशेषतः चन्द्र शमशेरको पाला पछि देखि हाल सम्मका कुनै पनि व्यवस्था र सरकारहरुले; वाध्यतावश नेपालले अंग्रेज–कम्पनी सरकारलाई बुझाउनु परेका पावन नेपाली भूमिहरु नेपाल तर्फ फर्काउने जमर्को समेत नगरेका हुनाले, ती र यी सबै व्यवस्था र सरकारहरु नेपालको भौगोलिक राष्ट्रियताको संरक्षणको कोणबाट नेपाल राष्ट्र–विरोधीको रुपमा इतिहासमा उल्लेख हुने  प्रष्ट छ ।  नेपाली राजनैतिक दल, समूह र व्यक्तिहरु पनि “भारत परस्ती मानसिकता” ले ग्रस्त भई; भारतले खाएका र मिचेका नेपाली भू–भागहरु, हिन्दूस्तानको नियन्त्रणबाट फिर्ता लिई, हालको नेपाल राष्ट्रको भूगोलसँग पुनः एकीकरण गर्नुपर्छ भन्ने नेपाली राष्ट्रिय मान्यताको विपरित; नेपाली पावन भूमि भारतमै निहित हुन भन्ने मान्यता राखी,  भारतको पक्षमा बोली, शैली र व्यवहारहरुद्वारा वकालत गर्दै, नेपाल राष्ट्रलाई झन्–झन् कमजोर पार्ने प्रयासहरु गरिरहेकोे पाइन्छ । यस्ता खालका नेपाली राजनीतिक दल, समूह र व्यक्तिहरु साँच्चै नै नेपालको भौगोलिक राष्ट्रियताको सवालमा केही पनि गर्न नसक्ने प्रष्ट छ  । आजसम्म विशाल नेपाल खण्डित रहिरह्यो ः हालको नेपालको सिमानाहरुमा भारतद्वारा भईरहेका हस्तक्षेप र अतिक्रमणहरुलाई अविलम्व पूर्ण रुपले रोक्नु, रोकाउनु; द्वितीयतः तात्कालिन नेपालका प्रधानमन्त्री जंग बहादुर राणाको पालाका सीमा स्तम्भहरु लगायत सिमानाहरु नेपालको पक्षमा ऐतिहासिक, वैज्ञानिक, न्यायीक, व्यवहारिक र समानताको आधारमा व्यवस्थित र नियमित पार्नु र तृतीयतः सन् १८१६मा नेपालले वाध्यतावश सुगौली सन्धि मार्फत वेलायती सरकारलार्ई सुम्पनु परेका नेपाली भू–भागहरु शिघ्रातिशीघ्र फिर्ता लिई, ऐतिहासिक, वैज्ञानिक, न्यायीक, व्यवहारिक, समानता र अन्तर्राष्ट्रिय सार्वभौम परम्परा अनुसार नेपालको पुनः एकीकरण गर्नु नै राष्ट्रिय सार्वभौम भू–अखण्डताको कोणबाट नेपालीहरुको प्रधान महत्वपूर्ण कर्तव्य र जिम्मेवारी हो । 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक