बौद्धिक खेलको केन्द्र बन्दै इलाम, जेठ ९ गते सूर्योदयमा फिडे मान्यता प्राप्त चेस प्रतियोगिता हुँदै

गणेश घिमिरे
जेठ ४, इलाम 
इलाममा पहिलोपटक अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिडड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आगामी जेठ ९ गते फिक्कल माविमा एकदिने प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । सूर्योदय नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा तथा इलाम जिल्ला चेस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितालाई इलाममै पहिलोपटक फिडे मान्यता प्राप्त ठूलो चेस प्रतियोगिताका रूपमा हेरिएको छ । प्रतियोगिताले जिल्लामा चेस खेलको विस्तारसँगै नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा इलाम जिल्लाभित्रका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता रयापिड र ब्लिट्ज दुई विधामा सञ्चालन हुनेछ । रयापिडतर्फ जिल्ला च्याम्पियन बन्ने खेलाडीले १२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार र ६ हजार रुपैयाँ पाउनेछन् । चौथोदेखि सातौँ स्थानसम्म आउने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै भेट्रान (५० वर्षमाथि), जनप्रतिनिधि तथा सरकारी कर्मचारी, अनरेटेड, महिला, १२ वर्षमुनि, १६ वर्षमुनि, एलो १७ सय मुनि, सूर्योदय च्याम्पियन तथा सूर्योदय १६ वर्षमुनि लगायत विभिन्न विधागत समूहमा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रानतर्फ प्रथम हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जनप्रतिनिधि तथा सरकारी कर्मचारीतर्फ प्रथमलाई ४ हजार रुपैयाँ, अनरेटेडतर्फ ४ हजार रुपैयाँ, इलाम १२ वर्षमुनि समूहमा प्रथम हुनेलाई ३ हजार रुपैयाँ तथा इलाम १६ वर्षमुनि छात्र र छात्रातर्फ प्रथम हुनेलाई जनही ४ हजार रुपैयाँ पुरस्कार दिइनेछ । एलो १७ सयमुनि समूहमा ४ हजार रुपैयाँ, इलाम महिला समूहमा ४ हजार रुपैयाँ तथा सूर्योदय महिला समूहमा २५ सय रुपैयाँ पुरस्कार राखिएको छ ।

प्रदेश १६ वर्षमुनि छात्र र छात्रा दुवै समूहका विजेताले जनही २५ सय रुपैयाँ प्राप्त गर्नेछन् । सूर्योदय च्याम्पियनतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सूर्योदय १६ वर्षमुनि छात्र र छात्रा दुवैले जनही २५ सय रुपैयाँ प्राप्त गर्नेछन् । ब्लिट्ज विधामा पनि छुट्टै पुरस्कार संरचना राखिएको छ । ब्लिट्जतर्फ जिल्ला प्रथमले ६ हजार रुपैयाँ, दोस्रोले ४ हजार र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अनरेटेड, इलाम १६ वर्षमुनि, एलो १७ सय मुनि तथा इलाम १६ वर्षमुनि समूहमा जनही २५ सय रुपैयाँ पुरस्कार राखिएको छ । सूर्योदय ब्लिट्जतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ३ हजार, २५ सय र २ हजार रुपैयाँ पाउनेछन् भने सूर्योदय १६ वर्षमुनि छात्र र छात्रा दुवै समूहका विजेताले जनही २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । खेल स्विस लिग प्रणालीअन्तर्गत सञ्चालन हुनेछ भने प्रत्येक खेलका लागि १० मिनेट समय र प्रति चाल ५ सेकेन्ड अतिरिक्त समय दिइनेछ ।

प्रतियोगिताका प्रमुख निर्णायकमा एफए यशिर खम्बु रहनेछन् भने उर्गेन बम्जन प्रतियोगिता निर्देशक रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार जिल्लामा चेस खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो । जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा इलाममा पहिलोपटक हुन लागेको फिडे मान्यताप्राप्त प्रतियोगिताले जिल्लाको खेल पर्यटन, खेल संस्कृति र बौद्धिक खेलप्रतिको आकर्षणलाई थप उचाइ दिने संघका अध्यक्ष तारानिधि घिमिरेले विश्वास व्यक्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न, विभिन्न उमेर समूह र विधामा उत्कृष्ट खेलाडीहरू पुरस्कृत 

गणेश घिमिरे जेठ २४, इलाम  इलाम नगर बुद्धिचाल संघको आयोजनामा इलाम नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको सहकार्यमा आयोजित इलाम नगर स्तरीय चेस

११ पटकका च्याम्पियन बादशाह सरोज रिङ आउट, धमकेदार इन्ट्रि गर्दै काजी बने चेस ‘किङ’

गणेश घिमिरे जेठ १०, इलाम      इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिड एण्ड ब्लिट्ज चेस

खेलाडीबाट व्यवसायिक रेफ्रीसम्म,  इलामका महेश खड्काको प्रेरणादायी यात्रा

गणेश घिमिरे बैशाख २४, इलाम      इलाम नगरपालिका–८ का महेश खड्का अहिले इलामको फुटबल क्षेत्रमा एउटा भरोसायोग्य र परिचित नाम बनेका छन् । मैदानमा